२०८२, २२ चैत्र सोमबार

गोंगबुमा ठुलो परिमाणको अवैध सम्पत्ति फेला : सवा ४ करोड नगद र ९ किलो सुन बरामद

गोंगबुमा ठुलो परिमाणको अवैध सम्पत्ति फेला : सवा ४ करोड नगद र ९ किलो सुन बरामद


काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक निजी निवासमा प्रहरीले विशेष सूचनाका आधारमा छापा मार्दा झण्डै सवा चार करोड रुपैयाँ नगद र ठुलो परिमाणमा सुनचाँदी बरामद गरेको छ ।

मंगलबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गोंगबुस्थित ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरमा छापा मारेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार रुपैयाँ नगद र ९ किलोभन्दा बढी सुन बरामद गरिएको छ। साथै ३ किलोभन्दा बढी चाँदीका गरगहना पनि फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार श्रेष्ठले ठूलो रकम मिटरब्याजमा लगानी गर्दै आएका थिए भने सुनलाई धितोका रूपमा राखेर पैसा दिने काममा संलग्न थिए। बरामद भएको सम्पत्तिको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

विनोदकुमार श्रेष्ठको घरमा अत्यधिक मात्रामा नगद फेला परेपछि प्रहरीलाई रकम गन्न समस्या भएको थियो। त्यसपछि बैंकबाट नोट गन्ने मेसिन मगाएर रकम गणना गरिएको हो ।

प्रकाशित मिति : २०८२, १७ भाद्र मंगलबार  ९ : ३३ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर