२०८२, १० कार्तिक आईतबार

एमालेले सचिवालय बैठक बोलायो, विधान महाधिवेशनका दस्तावेजमा छलफल हुने

एमालेले सचिवालय बैठक बोलायो, विधान महाधिवेशनका दस्तावेजमा छलफल हुने


काठमाडौं । नेकपा एमालेले आज अपराह्न ३ बजेका लागि सचिवालय बैठक बोलाएको छ। पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरूबारे छलफल हुनेछ।

बैठकमा राजनीतिक, सांगठनिक, विधान संशोधनसम्बन्धी र विभिन्न आयोगहरूले तयार पारेका प्रतिवेदनहरूमाथि छलफल गरिने र ती प्रतिवेदनहरू स्वीकृत गरिने तयारी छ। गौतमका अनुसार, “विधान महाधिवेशनअघि प्रस्तुत गरिने प्रतिवेदनहरू सचिवालयमा छलफल गरी अनुमोदन गर्ने प्रक्रिया थालिएको हो। आवश्यक परेमा केन्द्रीय कमिटीको बैठक पनि बस्न सक्छ।”

यसअघि एमालेले भदौ १३ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो। तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण कार्यक्रम तय भएकाले बैठक स्थगित गरिएको हो। एमालेमा विधान महाधिवेशनअघि केन्द्रीय कमिटीबाट दस्तावेज स्वीकृत गर्ने परम्परा रहिआएको छ। गौतमले भने, “हामी अहिले सचिवालयमा प्रारम्भिक छलफल गर्दैछौं। आवश्यकता अनुसार केन्द्रीय कमिटी बैठक पनि बस्नेछ।”

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजना हुँदैछ। महाधिवेशनमा विधान संशोधन, सांगठनिक संरचना, नीति तथा रणनीतिबारे महत्वपूर्ण निर्णयहरू लिने तयारी छ।

प्रकाशित मिति : २०८२, १७ भाद्र मंगलबार  ३ : ३१ बजे

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम

आज छठ पर्वको दोस्रो दिन ‘खरना’ विधि गरिँदै

काठमाडौं । छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू ‘खरना’ विधिको

विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी