२०८३, ३१ श्रावण सोमबार

एमालेले सचिवालय बैठक बोलायो, विधान महाधिवेशनका दस्तावेजमा छलफल हुने

एमालेले सचिवालय बैठक बोलायो, विधान महाधिवेशनका दस्तावेजमा छलफल हुने


काठमाडौं । नेकपा एमालेले आज अपराह्न ३ बजेका लागि सचिवालय बैठक बोलाएको छ। पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरूबारे छलफल हुनेछ।

बैठकमा राजनीतिक, सांगठनिक, विधान संशोधनसम्बन्धी र विभिन्न आयोगहरूले तयार पारेका प्रतिवेदनहरूमाथि छलफल गरिने र ती प्रतिवेदनहरू स्वीकृत गरिने तयारी छ। गौतमका अनुसार, “विधान महाधिवेशनअघि प्रस्तुत गरिने प्रतिवेदनहरू सचिवालयमा छलफल गरी अनुमोदन गर्ने प्रक्रिया थालिएको हो। आवश्यक परेमा केन्द्रीय कमिटीको बैठक पनि बस्न सक्छ।”

यसअघि एमालेले भदौ १३ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो। तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण कार्यक्रम तय भएकाले बैठक स्थगित गरिएको हो। एमालेमा विधान महाधिवेशनअघि केन्द्रीय कमिटीबाट दस्तावेज स्वीकृत गर्ने परम्परा रहिआएको छ। गौतमले भने, “हामी अहिले सचिवालयमा प्रारम्भिक छलफल गर्दैछौं। आवश्यकता अनुसार केन्द्रीय कमिटी बैठक पनि बस्नेछ।”

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजना हुँदैछ। महाधिवेशनमा विधान संशोधन, सांगठनिक संरचना, नीति तथा रणनीतिबारे महत्वपूर्ण निर्णयहरू लिने तयारी छ।

प्रकाशित मिति : २०८२, १७ भाद्र मंगलबार  ३ : ३१ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा