२०८२, २ कार्तिक शनिबार

अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष जुटबीच भेट, आर्थिक सहकार्यमा जोड

अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष जुटबीच भेट, आर्थिक सहकार्यमा जोड


काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया उपाध्यक्ष जोहानेस जुटबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा आर्थिक सुधार, पूर्वाधार विकास, लगानी प्रवर्द्धन, वातावरण र पर्यटनका विषयमा छलफल भएको थियो ।

अर्थमन्त्री पौडेलले नेपालले नीति र कार्यान्वयनमा सुधार गरेको भन्दै विश्व बैंकसँग मिलेर विकास कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाए। उनले वैकल्पिक विकास वित्त विधेयकबारे जानकारी दिँदै निजी क्षेत्रसँगको सहकार्यमा जोड दिए ।

उपाध्यक्ष जुटले नेपालमा आर्थिक वृद्धि दर उच्च राख्न विश्व बैंक सहयोग गर्न तयार रहेको बताए। उनले पूर्वाधार, प्रदूषण न्यूनीकरण र निजी क्षेत्रको सहभागिता आवश्यक रहेको भन्दै लगानी र उत्पादकत्व वृद्धि गर्न सुझाव दिए ।

प्रकाशित मिति : २०८२, १७ भाद्र मंगलबार  १ : ५३ बजे

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन मंसिर २७

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी