२०८३, १३ कार्तिक शुक्रबार

इतिहाससँग सम्झौता हुँदैन, भूभागमाथि कुनै पनि सौदाबाजी स्वीकार्य छैन : डा. राजन भट्टराई

इतिहाससँग सम्झौता हुँदैन, भूभागमाथि कुनै पनि सौदाबाजी स्वीकार्य छैन : डा. राजन भट्टराई


काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्रविद् डाक्टर राजन भट्टराईले नेपाल–भारत सीमा विवादमा कुनै पनि हालतमा सम्झौता नगर्ने कडा निर्णय सार्वजनिक गरेका छन् ।

प्रेस चौतारी नेपालको सोमबार काठमाडौंमा सम्पन्न ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे परराष्ट्रविद्हरूसँग अन्तसंवाद’ कार्यक्रममा डा भट्टराईले भने, “अघिल्ला पुस्ताले ज्यान दिएर जोगाएको भूमि आजका पुस्ताले दृढ अडानमा सुरक्षित राख्नैपर्छ। इतिहाससँग सम्झौता हुँदैन र भूभागमाथि कुनै पनि सौदाबाजी स्वीकार्य छैन ।”

नेपाल–भारत सीमा अध्ययन समितिका संयोजक डा। विष्णु उप्रेतीले लिपुलेक क्षेत्र नेपालको ऐतिहासिक भूमि भएको स्पष्ट प्रमाणहरू सार्वजनिक गर्दै, ठूला छिमेकीले साना मुलुकलाई हेप्ने र बलात्कार गर्ने व्यवहार पूर्ण रूपमा अस्वीकार्य भएको कडा टिप्पणी गरे ।

सीमा विज्ञ डा. बुद्धिनारायण श्रेष्ठले पनि सीमा विवादलाई मात्र कूटनीतिक समस्या नभई राष्ट्रिय अस्तित्वको प्रश्न भएको उल्लेख गर्दै, “नेपालको भूमि र सीमाको सवालमा कुनै पनि सम्झौता राष्ट्रिय स्वाभिमान र सुरक्षा माथि कुठाराघात हुनेछ,” भन्दै सरकारलाई सबै प्रमाणसहित अडान कडा बनाउने सुझाव दिएका छन् ।

नेपालका सीमामाथि हुने कुनै पनि प्रकारको सम्झौता र सौदाबाजीले देशको राष्ट्रिय अस्मिता र सार्वभौमसत्ता माथि गम्भीर प्रश्न उठाउने निश्चित छ। त्यसैले सरकार र सम्बद्ध पक्षहरू अब ढिलाइ नगरी देशहितमा कडा र एकताबद्ध कदम चाल्नुपर्ने दबाब बढ्दो छ ।

प्रकाशित मिति : २०८२, १६ भाद्र सोमबार  ६ : ०० बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल