२०८३, १५ जेष्ठ शनिबार

इतिहाससँग सम्झौता हुँदैन, भूभागमाथि कुनै पनि सौदाबाजी स्वीकार्य छैन : डा. राजन भट्टराई

इतिहाससँग सम्झौता हुँदैन, भूभागमाथि कुनै पनि सौदाबाजी स्वीकार्य छैन : डा. राजन भट्टराई


काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्रविद् डाक्टर राजन भट्टराईले नेपाल–भारत सीमा विवादमा कुनै पनि हालतमा सम्झौता नगर्ने कडा निर्णय सार्वजनिक गरेका छन् ।

प्रेस चौतारी नेपालको सोमबार काठमाडौंमा सम्पन्न ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे परराष्ट्रविद्हरूसँग अन्तसंवाद’ कार्यक्रममा डा भट्टराईले भने, “अघिल्ला पुस्ताले ज्यान दिएर जोगाएको भूमि आजका पुस्ताले दृढ अडानमा सुरक्षित राख्नैपर्छ। इतिहाससँग सम्झौता हुँदैन र भूभागमाथि कुनै पनि सौदाबाजी स्वीकार्य छैन ।”

नेपाल–भारत सीमा अध्ययन समितिका संयोजक डा। विष्णु उप्रेतीले लिपुलेक क्षेत्र नेपालको ऐतिहासिक भूमि भएको स्पष्ट प्रमाणहरू सार्वजनिक गर्दै, ठूला छिमेकीले साना मुलुकलाई हेप्ने र बलात्कार गर्ने व्यवहार पूर्ण रूपमा अस्वीकार्य भएको कडा टिप्पणी गरे ।

सीमा विज्ञ डा. बुद्धिनारायण श्रेष्ठले पनि सीमा विवादलाई मात्र कूटनीतिक समस्या नभई राष्ट्रिय अस्तित्वको प्रश्न भएको उल्लेख गर्दै, “नेपालको भूमि र सीमाको सवालमा कुनै पनि सम्झौता राष्ट्रिय स्वाभिमान र सुरक्षा माथि कुठाराघात हुनेछ,” भन्दै सरकारलाई सबै प्रमाणसहित अडान कडा बनाउने सुझाव दिएका छन् ।

नेपालका सीमामाथि हुने कुनै पनि प्रकारको सम्झौता र सौदाबाजीले देशको राष्ट्रिय अस्मिता र सार्वभौमसत्ता माथि गम्भीर प्रश्न उठाउने निश्चित छ। त्यसैले सरकार र सम्बद्ध पक्षहरू अब ढिलाइ नगरी देशहितमा कडा र एकताबद्ध कदम चाल्नुपर्ने दबाब बढ्दो छ ।

प्रकाशित मिति : २०८२, १६ भाद्र सोमबार  ६ : ०० बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण