२०८२, ६ माघ मंगलबार

प्रधानमन्त्रीको चीन भ्रमणमा लिपुलेकको अडान ऐतिहासिक साहस होः डा. भट्टराई

प्रधानमन्त्रीको चीन भ्रमणमा लिपुलेकको अडान ऐतिहासिक साहस होः डा. भट्टराई


काठमाडौं । प्रधानमन्त्रीको हालैको चीन भ्रमणमा लिपुलेकको विषयमा देखाइएको अडानलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराईले ऐतिहासिक साहसको कदम भएको बताएका छन्।

प्रेस चौतारी नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, “लिपुलेक, कालापानी र लिम्पियाधुरा त्यो भूमि हो, जुन हाम्रा पुर्खाहरूले पानी नखाईकन जोगाएका थिए। अब राष्ट्रघाती मौनता सह्य हुँदैन।” डा. भट्टराईले भारत–चीनबीच हालै भएको दस बुँदे सहमतिप्रति गम्भीर आपत्ति जनाउँदै सहमतिका आठौं बुँदा लिपुलेकसँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गरे। उनले भने,

“नेपालको सहमति विना लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग बनाउने निर्णय अन्तर्राष्ट्रिय नियमविपरीतको स्पष्ट हस्तक्षेप हो। भारतको अतिक्रमण त स्पष्ट छ, तर चीनको चुप्पी अब आपत्तिजनक बनेको छ।” उनले नेपालले पटक–पटक आफ्ना सीमासम्बन्धी दाबी इतिहास, दस्तावेज र तथ्यका आधारमा उठाउँदै आएको स्मरण गराउँदै थपे, “यो भूभाग कुनै राजनीतिक नाफा–नोक्साको हिसाबकिताब गर्ने विषय होइन, यो नेपालको पहिचान, स्वाभिमान र अस्तित्वको विषय हो।” डा. भट्टराईले भने, “नेपालको भूमि र राष्ट्रिय स्वाभिमानको सवालमा अब कुनै पनि प्रकारको सम्झौता स्वीकार्य छैन।”

प्रकाशित मिति : २०८२, १६ भाद्र सोमबार  ५ : ४४ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित