२०८२, २० मंसिर शनिबार

प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता

प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनको तियान्जिनमा भेटवार्ता भएको छ। दुबै नेता शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन्।

चीनले सम्मेलनमा सहभागी राष्ट्रका नेताहरूको सम्मानमा आयोजना गरेको विशेष स्वागत समारोहका क्रममा ओली र मोदीबीच कुराकानी भएको हो। यो भेटलाई दुबै देशका लागि कूटनीतिक रूपमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

भेटपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीसँगको भेटको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, “नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु। भारत–नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ।”

दुबै नेताबीचको यो अनौपचारिक भेटवार्ताले दुई देशबीचको सम्बन्धमा सकारात्मक सन्देश दिने विश्वास गरिएको छ। भारत–नेपाल सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र भौगोलिक रूपमा नजिक रहेको भन्दै नेताहरूले आपसी हितका विषयमा निरन्तर संवाद आवश्यक रहेको उल्लेख गर्दै आएका छन्।

हालसम्म दुबै देशका तर्फबाट औपचारिक एजेन्डाको खुलासा नभए पनि यस्तो उच्चस्तरीय भेटवार्ताले भविष्यमा हुने औपचारिक कूटनीतिक संवादका लागि मार्गप्रशस्त गर्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २०८२, १५ भाद्र आईतबार  १० : २९ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको