२०८३, ३१ भाद्र बिहीबार

प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता

प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनको तियान्जिनमा भेटवार्ता भएको छ। दुबै नेता शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन्।

चीनले सम्मेलनमा सहभागी राष्ट्रका नेताहरूको सम्मानमा आयोजना गरेको विशेष स्वागत समारोहका क्रममा ओली र मोदीबीच कुराकानी भएको हो। यो भेटलाई दुबै देशका लागि कूटनीतिक रूपमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

भेटपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीसँगको भेटको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, “नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु। भारत–नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ।”

दुबै नेताबीचको यो अनौपचारिक भेटवार्ताले दुई देशबीचको सम्बन्धमा सकारात्मक सन्देश दिने विश्वास गरिएको छ। भारत–नेपाल सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र भौगोलिक रूपमा नजिक रहेको भन्दै नेताहरूले आपसी हितका विषयमा निरन्तर संवाद आवश्यक रहेको उल्लेख गर्दै आएका छन्।

हालसम्म दुबै देशका तर्फबाट औपचारिक एजेन्डाको खुलासा नभए पनि यस्तो उच्चस्तरीय भेटवार्ताले भविष्यमा हुने औपचारिक कूटनीतिक संवादका लागि मार्गप्रशस्त गर्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २०८२, १५ भाद्र आईतबार  १० : २९ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक