२०८३, १२ असार शनिबार

प्रधानमन्त्री ओली र भियतनामी समकक्षी चिङबीच थियानजिनमा भेटवार्ता

प्रधानमन्त्री ओली र भियतनामी समकक्षी चिङबीच थियानजिनमा भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ ।

प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (SCO) को शिखर सम्मेलनमा सहभागी हुन शनिबारदेखि चीन भ्रमणमा रहेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, सोमबार सम्पन्न भेटवार्तामा दुई पक्षीय हित, आपसी सहकार्य र क्षेत्रीय साझेदारीका विविध विषयमा छलफल भएको हो। भेटमा द्विपक्षीय व्यापार, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, शिक्षा तथा सांस्कृतिक आदान- प्रदानलगायतका सम्भावित क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने विषयमा पनि कुराकानी भएको जनाइएको छ । यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग समेत भेटवार्ता गरेका थिए। दुई नेताबीच आपसी हित, नेपालको भौतिक पूर्वाधार विकास, व्यापार विस्तार र कनेक्टिभिटी सुदृढीकरणलगायत विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री ओलीको यो भ्रमण नेपालका लागि कूटनीतिक दृष्टिकोणले महत्वपूर्ण मानिएको छ । शाङ्घाई सहयोग संगठनजस्तो बहुपक्षीय मंचमा सहभागितासँगै द्विपक्षीय सम्बन्ध सुदृढ पार्ने अवसरसमेत नेपालले पाएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर नेपाली कूटनीतिक वृत्तले सकारात्मक संकेत लिएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्ने उद्देश्यसहित गरिएको उच्चस्तरीय भेटवार्ताले नेपालका बहुपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२, १५ भाद्र आईतबार  ४ : ०१ बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि