२०८२, १८ भाद्र बुधबार

पहिरोले कर्णाली राजमार्ग र देहिमाडौं–गिरेगडा सडक अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग र देहिमाडौं–गिरेगडा सडक अवरुद्ध


जुम्ला । शनिबार राति परेको अविरल वर्षापछि कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको गगनेखोलामा गएको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार, पहिरोका कारण गगनेखोलामा सडक अवरुद्ध भएको हो । उनले वर्षायाममा सावधानी अपनाई यात्रा गर्न र विशेषगरी रात्रिकालीन यात्रा नगर्न सार्वजनिक सूचना मार्फत आग्रह गरेका छन् ।

त्यस्तै, बैतडीको देहिमाडौं–गिरेगडा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ। दशरथचन्द नगरपालिका–२ स्थित सुन्दरखाली नजिक खसेको पहिरो र ठूलो ढुङ्गाले गर्दा सडक अवरुद्ध भएको हो ।

बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले सडक खुलाउने प्रयास जारी रहेको जानकारी दिए। उनका अनुसार, जेसिभी प्रयोग गरिए तापनि ठूलो ढुङ्गा हटाउन नसकिएको र अहिले स्काभेटरको सहायताले सडक खुलाउने प्रयास भइरहेको छ ।

सडकमार्ग अवरुद्ध हुँदा गौरापर्व मनाउन घर फर्किरहेका यात्रुहरू बाटोमै अलपत्र परेका छन्। प्रहरीका अनुसार, सडक सञ्चालन हुन अझै केही समय लाग्न सक्छ।

प्रकाशित मिति : २०८२, १५ भाद्र आईतबार  १२ : १४ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना