२०८३, २० आश्विन बुधबार

पहिरोले कर्णाली राजमार्ग र देहिमाडौं–गिरेगडा सडक अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग र देहिमाडौं–गिरेगडा सडक अवरुद्ध


जुम्ला । शनिबार राति परेको अविरल वर्षापछि कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको गगनेखोलामा गएको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार, पहिरोका कारण गगनेखोलामा सडक अवरुद्ध भएको हो । उनले वर्षायाममा सावधानी अपनाई यात्रा गर्न र विशेषगरी रात्रिकालीन यात्रा नगर्न सार्वजनिक सूचना मार्फत आग्रह गरेका छन् ।

त्यस्तै, बैतडीको देहिमाडौं–गिरेगडा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ। दशरथचन्द नगरपालिका–२ स्थित सुन्दरखाली नजिक खसेको पहिरो र ठूलो ढुङ्गाले गर्दा सडक अवरुद्ध भएको हो ।

बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले सडक खुलाउने प्रयास जारी रहेको जानकारी दिए। उनका अनुसार, जेसिभी प्रयोग गरिए तापनि ठूलो ढुङ्गा हटाउन नसकिएको र अहिले स्काभेटरको सहायताले सडक खुलाउने प्रयास भइरहेको छ ।

सडकमार्ग अवरुद्ध हुँदा गौरापर्व मनाउन घर फर्किरहेका यात्रुहरू बाटोमै अलपत्र परेका छन्। प्रहरीका अनुसार, सडक सञ्चालन हुन अझै केही समय लाग्न सक्छ।

प्रकाशित मिति : २०८२, १५ भाद्र आईतबार  १२ : १४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको