२०८२, १९ मंसिर शुक्रबार

एमाले नेतृ नविना लामालाई पितृशोक, पूर्व गाविस अध्यक्ष माणिक लामाको निधन

एमाले नेतृ नविना लामालाई पितृशोक, पूर्व गाविस अध्यक्ष माणिक लामाको निधन

दाहसंस्कार भाद्र १६ गते विहान ११ बजे गर्ने


काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाकी पूर्व सदस्य नविना लामालाई पितृशोक परेको छ। उहाँका पिता तथा पूर्व मादन कुडारी गाउँ विकास समितिका अध्यक्ष माणिक लामाको भारतमा उपचारका क्रममा निधन भएको हो ।

दम रोगबाट पीडित ७६ वर्षीय माणिक लामालाई केही समयअघि हृदयघात भएपछि काठमाडौंमा उपचार गराइएको थियो । तर स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उहाँलाई थप उपचारका लागि भारत लगिएको थियो, जहाँ गत शुक्रबार उहाँले अन्तिम सास लिनुभयो।

२०४९ सालको स्थानीय तहको निर्वाचनमा मादन कुडारी गाउँ विकास समितिको वडा नम्बर ३ बाट निर्विरोध वडाध्यक्ष निर्वाचित भएका लामा २०५४ सालको निर्वाचनमा पुनः मादन कुडारी गाउँ विकास समितिको निर्विरोध अध्यक्ष बनेका थिए । नेतृत्वकालमा उहाँले गाउँको पूर्वाधार र सेवा सुविधा विस्तारमा उल्लेखनीय योगदान पु¥याउनुभएको थियो ।

उहाँको पहलमा चिसापानी खानेपानी योजना, चौरी खोलाको २५ किलोवाट क्षमताको जलविद्युत आयोजना, मादन स्कुलको खेल मैदान निर्माण, अतिरिक्त हुलाक कार्यालय स्थापना, मादन युवा क्लबको स्थापना, विद्यालय तथा खानेपानी योजना विस्तारलगायतका थुप्रै परियोजनाहरू सम्पन्न भएका थिए । स्थानीयबासीहरूले उहाँलाई ‘विकासको बादशाह’ को उपनामले सम्झँदै आएका छन् ।

लामाले प्रत्येक वडामा पुगेर जनताको आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड दिनुभएको थियो, जसले गाउँको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको थियो । स्वर्गीय लामाका तीन छोरी र एक छोरा छन्। उहाँकी माइली छोरी नविना लामा अनेरास्ववियुकी पूर्व अध्यक्ष तथा नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ।

माणिक लामाको निधनको खबरसँगै मादन कुडारी लगायत आसपासका बस्तीहरू शोकमा डुबेका छन् । उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पार्थिक शरीर बुद्ध धर्म सेवा संघ स्वयम्भुमा राखिएको छ । स्वयम्भुमा शुभचिन्तक, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय नेताहरू तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ ।

प्रकाशित मिति : २०८२, १५ भाद्र आईतबार  १२ : ०१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको