२०८३, २१ आश्विन बिहीबार

राष्ट्रपति सीसँग लगातार दोस्रो भेटमा खुशी व्यक्त गरे प्रधानमन्त्री ओली

राष्ट्रपति सीसँग लगातार दोस्रो भेटमा खुशी व्यक्त गरे प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लगातार दोस्रो पटक भेट गरेर खुशी व्यक्त गरेका छन्। शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा रहेका ओलीले राष्ट्रपति सीसँगको द्विपक्षीय भेटलाई फलदायी र प्रगतिको रुपमा मूल्याङ्कन गरेका छन् ।

प्रधानमन्त्री ओलीले भेट पछि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै, “हामीले नेपाल र चीन बीचको द्विपक्षीय सहयोगको प्रगति समीक्षा गर्यौं र आपसी सहकार्य अझ बढी मजबुत बनाउन सहमति जनायौं ।”

उनले राष्ट्रपति सीलाई एससीओ प्लस शिखर सम्मेलनको निम्त्याएकोमा धन्यवाद पनि दिएका छन्। एससीओ सम्मेलन भोलि चीनको तियान्जिनमा सुरु हुँदैछ, जसमा प्रधानमन्त्री ओली पर्सी सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : २०८२, १४ भाद्र शनिबार  ५ : ५५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी