२०८३, ९ भाद्र बुधबार

लिपुलेक विवाद : ओलीले चीनसँग कडा आपत्ति जनाए

लिपुलेक विवाद : ओलीले चीनसँग कडा आपत्ति जनाए


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउन भारत र चीन बीचको सहमतिका विषयमा कडा आपत्ति जनाएका छन्। शनिबारको भेटमा ओलीले भने, “लिपुलेक नेपालकै भू–भाग हो, यसलाई कुनै पनि बाह्य सहमतिमा व्यापारिक मार्ग बनाउन अनुमति दिइने छैन ।”

नेपालले महाकाली नदीको पूर्वी भागलाई आफ्नो क्षेत्रको हिस्सा ठानेको छ, र सन् १८१६ को सुगौली सन्धिमा आधारित रहेर यस भू–भागको सम्प्रभुता रक्षा गर्ने स्पष्ट दाबी गरेको छ। भारत र चीनको सहमतिको विरोध गर्दै ओलीले चीनसँग सहयोगको आह्वान गरेका छन्, र विश्वास व्यक्त गरेका छन् कि चीन नेपालको पक्षमा खडा हुनेछ ।

यो विवादले नेपाल र भारत बीचको सम्बन्धलाई जटिल बनाउन सक्छ भने नेपाल र चीन बीचको कूटनीतिक सम्बन्धमा नयाँ चुनौती ल्याउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८२, १४ भाद्र शनिबार  ५ : ४७ बजे

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा