२०८३, १९ आश्विन मंगलबार

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे संसदमा जानकारी

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे संसदमा जानकारी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि सुरु हुने आफ्नो पाँचदिने चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्। शुक्रबार संसदमा सम्बोधन गर्दै उनले भ्रमणको उद्देश्य शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागिता र द्विपक्षीय भेटघाट रहेको बताए।

प्रधानमन्त्री ओली भदौ १४ देखि १८ गतेसम्म चीनको थियानजिन र बेइजिङ भ्रमणमा रहनेछन्। भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति हान चङ्ग, साथै रूस, माल्दिभ्स, भियतनाम, कम्बोडियालगायत देशका नेतासँग भेटवार्ता हुने कार्यक्रम छ।

भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, मन्त्रीहरू रघुजी पन्त, बद्रीप्रसाद पाण्डे, कांग्रेस नेता पूर्णबहादुर खड्का लगायत सहभागी छन्। ओलीले भ्रमणले नेपाल–चीन सम्बन्ध सुदृढ गर्नुका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति बलियो बनाउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २०८२, १३ भाद्र शुक्रबार  ३ : १० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि