२०८३, १४ कार्तिक शनिबार

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे संसदमा जानकारी

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे संसदमा जानकारी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि सुरु हुने आफ्नो पाँचदिने चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्। शुक्रबार संसदमा सम्बोधन गर्दै उनले भ्रमणको उद्देश्य शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागिता र द्विपक्षीय भेटघाट रहेको बताए।

प्रधानमन्त्री ओली भदौ १४ देखि १८ गतेसम्म चीनको थियानजिन र बेइजिङ भ्रमणमा रहनेछन्। भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति हान चङ्ग, साथै रूस, माल्दिभ्स, भियतनाम, कम्बोडियालगायत देशका नेतासँग भेटवार्ता हुने कार्यक्रम छ।

भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, मन्त्रीहरू रघुजी पन्त, बद्रीप्रसाद पाण्डे, कांग्रेस नेता पूर्णबहादुर खड्का लगायत सहभागी छन्। ओलीले भ्रमणले नेपाल–चीन सम्बन्ध सुदृढ गर्नुका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति बलियो बनाउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २०८२, १३ भाद्र शुक्रबार  ३ : १० बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा