२०८३, ३ भाद्र बिहीबार

समानुपातिक समावेशी प्रणाली सबैभन्दा सस्तो प्रणाली हो : मन्त्री गुरुङ

समानुपातिक समावेशी प्रणाली सबैभन्दा सस्तो प्रणाली हो : मन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समानुपातिक समावेशी प्रणाली नेपालमा सबैभन्दा सस्तो प्रणाली भएको दाबी गरेका छन्। उनले राजनीतिक स्थिरता नआउनुमा दलहरूको कार्यशैली प्रमुख कारक भएको भन्दै निर्वाचन प्रणाली मात्र दोषी नरहेको स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरुको लोकार्पण समारोहमा बोल्दै मन्त्री गुरुङले समानुपातिक प्रणालीले राजनीतिक अस्थिरता ल्याएको धारणा नेताहरूमा देखिएको बताए। “पार्टीका नेताहरू समानुपातिक प्रणाली हटाउनुपर्ने आवाज उठाइरहेका छन्,” मन्त्री गुरुङले भने, “तर केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलगायत नेताहरूलाई अहिले यसलाई हटाउन गाह्रो भइरहेको महसुस छ। त्यसैले अहिले उनीहरू व्यवस्थापन कसरी गर्ने भन्ने छलफलमा केन्द्रित छन् ।” उनका अनुसार संविधान संशोधनको कुरासमेत समानुपातिक प्रणाली र संघीयताको व्यवस्थापनतर्फ उन्मुख भइरहेको छ। उनले केही नेताहरूले संघीयता विरोधीहरू पनि यही प्रणालीमार्फत सत्तामा प्रवेश गरिरहेको बताएका छन् ।

तर उनले प्रतिप्रश्न गर्दै भने, “यदि समानुपातिक प्रणालीले अस्थिरता ल्याएको हो भने पूर्ण समानुपातिक प्रणालीतर्फ किन जान सकिँदैन भनेर कसैले प्रश्न उठाउँदैन।” मन्त्री गुरुङले स्थिरताको सवालमा राजनीतिक दलहरूको भूमिका अझ महत्त्वपूर्ण रहेको औंल्याउँदै भने, “स्थिरता निर्वाचन प्रणालीले मात्र ल्याउँदैन। दलहरूको कार्यशैली, व्यवहार पनि समान रूपमा जिम्मेवार हुन्छ। मिलेर काम गरेमा जुनसुकै प्रणालीमा पनि स्थिरता आउन सक्छ ।”

अन्त्यमा उनले समानुपातिक समावेशी प्रणाली आर्थिक दृष्टिले अन्य विकल्पहरूभन्दा किफायती भएको उल्लेख गर्दै भने, “समानुपातिक समावेशी प्रणाली सबैभन्दा सस्तो प्रणाली हो, तर दलहरूको मानसिकता अझै त्यहाँसम्म पुगेको छैन। त्यसैले यसले पाउने समर्थन अझै कमजोर छ ।”

प्रकाशित मिति : २०८२, १३ भाद्र शुक्रबार  २ : ११ बजे

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय