२०८३, ११ श्रावण मंगलबार

प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्नेचीन भ्रमणबारे जानकारी दिने तयारी

प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्नेचीन भ्रमणबारे जानकारी दिने तयारी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा निस्किन लागेका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे संसदलाई जानकारी गराउने तयारी गरेका हुन् ।

सभामुख देवराज घिमिरेले बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी दिएका हुन् । बैठकमा संसदको आगामी १५ दिनको कार्यतालिका पनि तय गरिएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

कार्यतालिका अनुसार, भदौ १३ गतेको बैठकमा भूमिसम्बन्धी विधेयक पारित गरी राष्ट्रिय सभामा पठाइनेछ। भदौ १८ गते नागरिकता र संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल हुनेछ । त्यस्तै, भदौ १९ गते निजामति सेवा विधेयक पारित गर्ने र भदौ २६ गते विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्ने तयारी गरिएको छ ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले संसदको आगामी बैठक मितिहरू भदौ १८, १९, २५, ২৬ र २७ गते निर्धारण भएको जानकारी दिए । प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर संसदमा चासो रहेको बेला उनको सम्बोधनलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  ७ : ३५ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि