२०८२, ६ माघ मंगलबार

सी चिनफिङले भारतसँग सम्बन्ध सुधार गर्न राष्ट्रपति मुर्मुलाई पत्र पठाए

सी चिनफिङले भारतसँग सम्बन्ध सुधार गर्न राष्ट्रपति मुर्मुलाई पत्र पठाए


काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले भारतसँग सम्बन्ध सुधारको पहल गर्दै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई गोप्य पत्र पठाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध कडा व्यापार नीति अपनाइरहेका बेला सीले भारतसँग रणनीतिक समझदारी खोजेको ब्लुमबर्गले उल्लेख गरेको छ।

पत्रमा अमेरिका-भारतको सम्भावित गठबन्धन चीनको हितविरुद्ध हुन सक्ने चिन्ता व्यक्त गरिएको थियो। यद्यपि राष्ट्रपति मुर्मुको कार्यकारी भूमिका नभए पनि सम्बन्ध सुधारको सन्देश प्रधानमन्त्री मोदीसम्म पुर्‍याइएको थियो।

यसपछि चीनले भारतसँगको सम्बन्धलाई ‘ड्र्यागन-हात्ती नृत्य’को उपमा दिँदै सहकार्यको संकेत दिएको छ। गलवान झडपपछि चिसिएको सम्बन्ध अहिले पुनः सुधारोन्मुख छ। मोदी आगामी एससीओ सम्मेलनका लागि चीन जान लागेका छन्, जहाँ दुई देशबीच थप सहयोगका निर्णय हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  ७ : ३१ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित