२०८३, ३ भाद्र बिहीबार

आज देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं । आज दिउँसो र राति देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा दिउँसो मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनीको तराई र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

राति देशभर सामान्य बदली रहनेछ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाड, साथै लुम्बिनी र कोसीका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले बाढी, पहिरो तथा सडक अबरुद्ध हुने जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  १० : ५९ बजे

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय