२०८३, २७ भाद्र आईतबार

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन


काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले आफ्नो नेपाल भ्रमणको क्रममा ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रको अवलोकन गरेकी छन् ।

तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आएकी उपराष्ट्रपति सुआनले सोमबार दिउँसो दरबार क्षेत्र भ्रमण गरेकी हुन्। भ्रमणका क्रममा उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वागत गर्दै दरबार क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र स्थापत्य महत्वबारे जानकारी गराएका थिए । पाटन दरबार क्षेत्रमा भ्रमणका क्रममा उपराष्ट्रपति सुआनले विभिन्न पुरातात्त्विक सम्पदा अवलोकन गर्नुका साथै नेपाली अधिकारीहरूसँग स्मरणीय तस्बिरहरू (फोटोसुट) पनि गराएकी थिइन् ।

उपराष्ट्रपति सुआन उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन् । भियतनामकोतर्फबाट नेपालको यो भ्रमण सर्वोच्च तहको पहिलो उच्चस्तरीय भ्रमण मानिएको छ, जसले दुई देशबीचको मित्रता र कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। आफ्नो भ्रमण सफलतापूर्वक सम्पन्न गरी उपराष्ट्रपति सुआन सोमबार साँझ नै स्वदेश फर्किएकी छन् ।

प्रकाशित मिति : २०८२, ९ भाद्र सोमबार  ५ : ४३ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।