२०८३, १४ कार्तिक शनिबार

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन


काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले आफ्नो नेपाल भ्रमणको क्रममा ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रको अवलोकन गरेकी छन् ।

तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आएकी उपराष्ट्रपति सुआनले सोमबार दिउँसो दरबार क्षेत्र भ्रमण गरेकी हुन्। भ्रमणका क्रममा उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वागत गर्दै दरबार क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र स्थापत्य महत्वबारे जानकारी गराएका थिए । पाटन दरबार क्षेत्रमा भ्रमणका क्रममा उपराष्ट्रपति सुआनले विभिन्न पुरातात्त्विक सम्पदा अवलोकन गर्नुका साथै नेपाली अधिकारीहरूसँग स्मरणीय तस्बिरहरू (फोटोसुट) पनि गराएकी थिइन् ।

उपराष्ट्रपति सुआन उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन् । भियतनामकोतर्फबाट नेपालको यो भ्रमण सर्वोच्च तहको पहिलो उच्चस्तरीय भ्रमण मानिएको छ, जसले दुई देशबीचको मित्रता र कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। आफ्नो भ्रमण सफलतापूर्वक सम्पन्न गरी उपराष्ट्रपति सुआन सोमबार साँझ नै स्वदेश फर्किएकी छन् ।

प्रकाशित मिति : २०८२, ९ भाद्र सोमबार  ५ : ४३ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा