२०८३, १० श्रावण सोमबार

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा निर्माण हुन लागेको भानु साहित्य उद्यानको शुभारम्भ गर्ने भएका छन् । नेपाली साहित्यका आदिकविको स्मृतिमा निर्माण हुन लागेको सो उद्यानको पहिलो चरण अन्तर्गत “भानु भवन” को शिलान्यास आगामी असोज ६ गते राष्ट्रपति पौडेलकै हातबाट गरिने कार्यक्रम तय भएको छ ।

शहरी विकास मन्त्रालय र भानु साहित्य उद्यान निर्माण समितिका पदाधिकारीहरूबीच सोमबार राष्ट्रपति निवासमा सम्पन्न छलफलपछि शिलान्यास तथा उद्यान निर्माण शुभारम्भको निर्णय गरिएको हो ।

राष्ट्रपति पौडेलको परिकल्पना र विशेष पहलमा अघि बढाइएको यस परियोजनाले चुँदी रम्घालाई नेपाली भाषा, साहित्य र संस्कृतिको तीर्थस्थलका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। भानु साहित्य उद्यान अन्तर्गत सातै प्रदेशका प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थलहरू झल्किने संरचनाहरू निर्माण गरिनेछ भने विभिन्न भाषाभाषीका मूर्धन्य साहित्यकारहरूको शालिक पनि स्थापना गरिने योजना छ ।

सरकारले सो उद्यान निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा २० करोड रुपैयाँ विनियोजन गरिसकेको छ। उद्यानले पर्यटन, साहित्यिक अनुसन्धान र राष्ट्रिय एकता प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०८२, ९ भाद्र सोमबार  ५ : ३६ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक