२०८२, १६ पुस बुधबार

राष्ट्रियताको मुद्दा उठाएकै कारण चुनावमा पराजित भएँ : पूर्वमन्त्री ठगुन्ना

राष्ट्रियताको मुद्दा उठाएकै कारण चुनावमा पराजित भएँ : पूर्वमन्त्री ठगुन्ना


दार्चुला । नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले आफु राष्ट्रियताको सवाल उठाएकै कारण चुनावमा पराजित भएको दाबी गरेका छन्। भारतले अतिक्रमण गरेका नेपाली भूभागहरूबारे आवाज उठाएपछि ठूलो षड्यन्त्र र आर्थिक चलखेलका कारण आफु चुनावमा हराउनु परेको उनको भनाइ छ।

एक पत्रकार सम्मेलनमा बोल्दै ठगुन्नाले भने, “राष्ट्रियता बोलेको कारण म हार्नुपर्‍यो, भारतले ठूलो खर्च गर्‍यो। कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा संसदभित्र र बाहिर उठाएपछि मलाई हराउन भारतले १५–२० करोड रुपैयाँ खर्च गर्‍यो।”

उनले राष्ट्रियताको मुद्दा कुनै दल विशेषको नभइ सबै नेपालीको साझा विषय भएको उल्लेख गर्दै, “म जनप्रतिनिधि भए पनि नभए पनि राष्ट्रियताको सवाल जहिल्यै उठाइरहन्छु,” भन्दै आफ्नो अडान दोहोर्‍याए ।

प्रकाशित मिति : २०८२, ९ भाद्र सोमबार  १२ : ०२ बजे

नेपाल इतिहासकै कठिन मोडमा छ : एमाले उपमहासचिव भट्टराई

काठमाडौं, पुस १६ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल

कांग्रेसको समानुपातिक बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व छैन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको

इतिहास मेटेर नयाँ बन्ने राजनीति शक्ति दीर्घकालीन हुँदैन : एमाले सचिव पद्मा अर्याल

काठमाडौं । इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीतिक शक्ति दीर्घकालीन

एमाले उपाध्यक्ष पौडेलको आरोप : सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनका लागि

सिन्धुलीमा गोली लागेर एक युवकको मृत्यु

सिन्धुली । सिन्धुलीमा गोली लागेर एक जना युवकको मृत्यु भएको