२०८३, ७ कार्तिक शनिबार

तेमाल थामडाँडामा “कोम्हेंदो कृषक महिला समूह”लाई हिउँदे तरकारीको बीउ वितरण

तेमाल थामडाँडामा “कोम्हेंदो कृषक महिला समूह”लाई हिउँदे तरकारीको बीउ वितरण


तेमाल। काभ्रेको तेमाल गाउँपालिका-८, थामडाँडामा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत गठन गरिएको पहिलो महिला समूह “कोम्हेंदो कृषक महिला समूह” लाई हिउँदे तरकारी बालीको बीउ वितरण गरिएको छ ।

हिमालयन लिकी फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित महिला सशक्तीकरण कार्यक्रममार्फत सो समूहका महिलाहरूलाई बीउ वितरण गरिएको हो। कार्यक्रममा समूह सदस्य महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले आर्थिक उपार्जनमा जोड दिइएको छ । फाउन्डेसनले हालसम्म २४ वटा महिला समूह गठन गरी करिब ५३० जना महिलालाई सशक्तीकरण कार्यक्रममा सहभागी गराएको छ। कार्यक्रम अन्तर्गत विशेषगरी बर्षे र हिउँदे बाली उत्पादनका लागि बीउ वितरण गरिएको छ। साथै, क्षमता अभिवृद्धि तालिम, संस्थागत विकास तालिम लगायतका विभिन्न सीपमूलक कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् ।

स्थानीयस्तरमै आर्थिक आत्मनिर्भरता र महिला सशक्तीकरणलाई बलियो बनाउने उद्देश्यले कार्यक्रम अगाडि बढाइएको आयोजक पक्षले जनाएको छ। महिला सदस्यहरूले कृषि उत्पादनमा आधारित कार्यक्रमबाट आफूहरूमा आत्मविश्वास र आर्थिक क्रियाशीलता बढेको अनुभव सुनाएका छन् ।

प्रकाशित मिति : २०८२, ९ भाद्र सोमबार  ११ : ५३ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने