२०८२, ८ भाद्र सोमबार

‘लिपुलेक–कालापानी हुँदै भएको भारत-चीन व्यापार अस्वीकार्य’: एमाले दार्चुला

‘लिपुलेक–कालापानी हुँदै भएको भारत-चीन व्यापार अस्वीकार्य’: एमाले दार्चुला


दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दार्चुला जिल्ला कमिटीले लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापार सम्झौताप्रति कडा आपत्ति जनाएको छ।

भदौ ७ र ८ गते बसेको जिल्ला कमिटी बैठकले नेपालको अतिक्रमित भूमि प्रयोग गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो। बैठकपछि एमाले दार्चुला अध्यक्ष ज्ञानेन्द्र घर्तीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आघात पुर्‍याउने गरी भएको गतिविधि अस्वीकार्य छ।”

विज्ञप्तिमा थप भनिएको छ, “नेपाली भूमिमा कुनै पनि प्रकारको व्यापार, आवतजावत वा गतिविधि हुन सक्दैन। यो नेपालको सार्वभौम अधिकारमाथिको हस्तक्षेप हो।”

एमालेले सरकारलाई तत्काल कूटनीतिक पहल गर्न र नेपालको भू-अधिकारको रक्षा गर्न ठोस कदम चाल्न आग्रह गरेको छ। साथै, यो घटनालाई सामान्यरूपमा नलिन चेतावनी दिँदै यसले भारत, चीन र नेपालको त्रिपक्षीय सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी पनि दिएको छ।

दार्चुला एमालेले नेपाली जनता, नागरिक समाज, बुद्धिजीवी, युवा–विद्यार्थी सबैलाई राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एकजुट हुन आह्वानसमेत गरेको छ।

प्रकाशित मिति : २०८२, ८ भाद्र सोमबार  ११ : २९ बजे

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको

राष्ट्रियताको मुद्दा उठाएकै कारण चुनावमा पराजित भएँ : पूर्वमन्त्री ठगुन्ना

दार्चुला । नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले

तेमाल थामडाँडामा “कोम्हेंदो कृषक महिला समूह”लाई हिउँदे तरकारीको बीउ वितरण

तेमाल। काभ्रेको तेमाल गाउँपालिका-८, थामडाँडामा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत गठन