२०८३, १९ आश्विन मंगलबार

‘लिपुलेक–कालापानी हुँदै भएको भारत-चीन व्यापार अस्वीकार्य’: एमाले दार्चुला

‘लिपुलेक–कालापानी हुँदै भएको भारत-चीन व्यापार अस्वीकार्य’: एमाले दार्चुला


दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दार्चुला जिल्ला कमिटीले लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापार सम्झौताप्रति कडा आपत्ति जनाएको छ।

भदौ ७ र ८ गते बसेको जिल्ला कमिटी बैठकले नेपालको अतिक्रमित भूमि प्रयोग गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो। बैठकपछि एमाले दार्चुला अध्यक्ष ज्ञानेन्द्र घर्तीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आघात पुर्‍याउने गरी भएको गतिविधि अस्वीकार्य छ।”

विज्ञप्तिमा थप भनिएको छ, “नेपाली भूमिमा कुनै पनि प्रकारको व्यापार, आवतजावत वा गतिविधि हुन सक्दैन। यो नेपालको सार्वभौम अधिकारमाथिको हस्तक्षेप हो।”

एमालेले सरकारलाई तत्काल कूटनीतिक पहल गर्न र नेपालको भू-अधिकारको रक्षा गर्न ठोस कदम चाल्न आग्रह गरेको छ। साथै, यो घटनालाई सामान्यरूपमा नलिन चेतावनी दिँदै यसले भारत, चीन र नेपालको त्रिपक्षीय सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी पनि दिएको छ।

दार्चुला एमालेले नेपाली जनता, नागरिक समाज, बुद्धिजीवी, युवा–विद्यार्थी सबैलाई राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एकजुट हुन आह्वानसमेत गरेको छ।

प्रकाशित मिति : २०८२, ९ भाद्र सोमबार  ११ : २९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि