२०८३, १३ कार्तिक शुक्रबार

कलंकी नजिकै कोल्ड ड्रिङ्क्स बोकेको पिकअप भ्यान दुर्घटना

कलंकी नजिकै कोल्ड ड्रिङ्क्स बोकेको पिकअप भ्यान दुर्घटना


काठमाडौं । काठमाडौंको कलंकी नजिकै सोमबार बिहान एक पिकअप भ्यान सडक दुर्घटनामा परेको छ। बा १३ च ६११९ नम्बरको उक्त भ्यान बिहान करिब ६:५० बजे बल्खुतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार, भ्यानमा कोल्ड ड्रिङ्क्स बोकेको थियो र दुर्घटना हुँदा कुनै मानवीय क्षति भएको छैन। धादिङ निवासी २४ वर्षीय चालक गौरव रानामगर सकुशल रहेको पुष्टि गरिएको छ।

प्रवक्ता गिरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिँदै घटनाको थप विवरण आउन बाँकी रहेको बताए। प्रारम्भिक अनुमान अनुसार अनियन्त्रित गति वा ब्रेक फेलजस्ता कारण दुर्घटना हुन सक्ने प्रहरी स्रोतको भनाइ छ।

दुर्घटनापछि केहीबेर सडकमा सवारी अवरोध भए पनि अहिले अवस्था सामान्य भएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, ९ भाद्र सोमबार  ११ : ०६ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित