२०८२, ४ माघ आईतबार

पाभेल कुमार शाहलाई ‘अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५’, मार्सल आर्टमा समर्पणको उच्च सम्मान

पाभेल कुमार शाहलाई ‘अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५’, मार्सल आर्टमा समर्पणको उच्च सम्मान

शाहलाई अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५


काठमाडौं । नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल कुमार शाहलाई “अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५” बाट सम्मानित गरिएको छ। मार्सल आर्टको क्षेत्रमा उल्लेखनीय योगदानका लागि उनलाई “Best President Martial Arts Award” प्रदान गरिएको हो।

उक्त सम्मान समारोह २०८२ भदौ ६ गते (२०२५ अगस्ट २३ तारिख) राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा सम्पन्न भएको थियो। कार्यक्रमको आयोजना आभा फाउन्डेसन नेपाल, स्क्वेर युनिभर्सल, साउथ एशियन बिजनेस, र एबिएम पार्टनरशिपको संयुक्त प्रयासमा गरिएको थियो। समारोहमा जलस्रोत तथा खानेपानी मन्त्री अब्दुल खान प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

नेपालले पछिल्ला वर्षहरूमा केम्पो मार्सल आर्टमा उल्लेखनीय प्रगति गर्दै आएको छ। हालै अप्रिल २०२५ मा सम्पन्न विश्व केम्पो च्याम्पियनशिपमा नेपाली टिमले ७ पदक (३ रजत, ४ कांस्य) जितेर ऐतिहासिक सफलता हात पारेको थियो। यो उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा मार्सल आर्टमा नेपालको स्थान बलियो बनाउने दिशामा एक ठूलो कदम मानिएको छ।

सम्मान प्राप्तिपछि अध्यक्ष पाभेल कुमार शाहले भने, “यो सम्मान मेरो व्यक्तिगत मात्र होइन, समग्र नेपाल केम्पो टिमको कडा मेहनतको नतिजा हो। यसले हामीलाई अझ थप प्रेरित बनाएको छ। आगामी दिनमा नेपाललाई केम्पो मार्सल आर्टको ग्लोबल प्लेटफर्ममा अझ मजबुत रूपमा प्रस्तुत गर्ने हाम्रो लक्ष्य छ।”

उनले आयोजक संस्था, प्रशिक्षक, खेलाडी, अभिभावक र सम्पूर्ण समर्थकहरूलाई धन्यवाद दिँदै नेपालले छोटो समयमै केम्पो मार्सल आर्टमा गरेको प्रगतिको सराहना गरे। साथै, भविष्यमा अझ व्यापक सफलता र अन्तर्राष्ट्रिय सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २०८२, ८ भाद्र आईतबार  १२ : १३ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ