२०८३, १५ जेष्ठ शनिबार

पाभेल कुमार शाहलाई ‘अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५’, मार्सल आर्टमा समर्पणको उच्च सम्मान

पाभेल कुमार शाहलाई ‘अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५’, मार्सल आर्टमा समर्पणको उच्च सम्मान

शाहलाई अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५


काठमाडौं । नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल कुमार शाहलाई “अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५” बाट सम्मानित गरिएको छ। मार्सल आर्टको क्षेत्रमा उल्लेखनीय योगदानका लागि उनलाई “Best President Martial Arts Award” प्रदान गरिएको हो।

उक्त सम्मान समारोह २०८२ भदौ ६ गते (२०२५ अगस्ट २३ तारिख) राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा सम्पन्न भएको थियो। कार्यक्रमको आयोजना आभा फाउन्डेसन नेपाल, स्क्वेर युनिभर्सल, साउथ एशियन बिजनेस, र एबिएम पार्टनरशिपको संयुक्त प्रयासमा गरिएको थियो। समारोहमा जलस्रोत तथा खानेपानी मन्त्री अब्दुल खान प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

नेपालले पछिल्ला वर्षहरूमा केम्पो मार्सल आर्टमा उल्लेखनीय प्रगति गर्दै आएको छ। हालै अप्रिल २०२५ मा सम्पन्न विश्व केम्पो च्याम्पियनशिपमा नेपाली टिमले ७ पदक (३ रजत, ४ कांस्य) जितेर ऐतिहासिक सफलता हात पारेको थियो। यो उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा मार्सल आर्टमा नेपालको स्थान बलियो बनाउने दिशामा एक ठूलो कदम मानिएको छ।

सम्मान प्राप्तिपछि अध्यक्ष पाभेल कुमार शाहले भने, “यो सम्मान मेरो व्यक्तिगत मात्र होइन, समग्र नेपाल केम्पो टिमको कडा मेहनतको नतिजा हो। यसले हामीलाई अझ थप प्रेरित बनाएको छ। आगामी दिनमा नेपाललाई केम्पो मार्सल आर्टको ग्लोबल प्लेटफर्ममा अझ मजबुत रूपमा प्रस्तुत गर्ने हाम्रो लक्ष्य छ।”

उनले आयोजक संस्था, प्रशिक्षक, खेलाडी, अभिभावक र सम्पूर्ण समर्थकहरूलाई धन्यवाद दिँदै नेपालले छोटो समयमै केम्पो मार्सल आर्टमा गरेको प्रगतिको सराहना गरे। साथै, भविष्यमा अझ व्यापक सफलता र अन्तर्राष्ट्रिय सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २०८२, ८ भाद्र आईतबार  १२ : १३ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण