२०८२, १ फाल्गुन शुक्रबार

ओली बिनाको एमाले र एमाले बिनाको नेपाल बनाउने षडयन्त्र हुँदैछ : कमलप्रसाद चौलागाईँ

ओली बिनाको एमाले र एमाले बिनाको नेपाल बनाउने षडयन्त्र हुँदैछ : कमलप्रसाद चौलागाईँ


रामेछाप । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपाल माथि अहिले पनि विदेशी हस्तक्षेप जारी रहेको बताएका छन् ।

नेकपा एमाले रामेछापको पाँचौँ पूर्णबैठकलाई शनिबार सम्बोधन गर्दै चौलगाईँले त्यही अन्तर्राष्ट्रिय गिरोहले केपी ओली बाहेकको एमाले र एमाले बाहेकको नेपाल बनाउने षडयन्त्र गरिरहेका चौलागाईँको दाबी छ । उनले भने, ‘अहिले पूर्वराष्ट्रपतिले राजनीतिमा आउने  भनेको कुरा त्यही षडयन्त्रको परिणाम हो ।’ केपी ओलीलाई अहिले पार्टी अध्यक्षबाट हटाउनुपर्ने अन्य कुनै कारण नभएको उनले दाबी गरे ।

उनले भने, ‘चौतर्फी आक्रमण भएको बेला, सबै एक भएर घेराबन्दी गरेको बेला समेत पार्टीलाई पहिलो पार्टी नेतृत्वलाई बचाउने कुरा हो अहिले, राष्ट्रको अहित गरेको कारणले होइन । बाह्य हस्तक्षेत्रको विरोध गरेको कारण अहिले केपी ओलीको विरोध भएको हो । राष्ट्रिय हितको नेतृत्व गरेको नेतालाई हामीले बचाएर लैजानुपर्छ ।’

नेपालमाथि लगातार भारतीय हस्तक्षेप भएको बताउँदै चौलागाईँले त्यसको सशक्त प्रतिवाद गर्ने नेता केपी ओली नै भएको बताए । भारतको नाकाबन्दीको सामना गर्ने कुरा होस् वा चुच्चे नक्सा जारी गर्ने बेला होस् सबै मुद्दामा केपी ओली चट्टान जस्तै उभिएका उनले दाबी गरे । नेपालमा स्थिरता हुन नदिन, अस्थिरताको खेल खेलिरहन चाहने शक्तिले एमाले भित्र फुट र विभाजनको आगो लगाउने काम गरेका उनको भनाइ छ ।

अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधि पनि त्यसकै परिणाम भएको उनको दाबी छ । ‘हामी मिसन २०८४ भने अघि बढ्यौँ, एमाले एक भएर संगठनलाई सुदृढ गरेर गयो भने २०८४ मा स्पष्ट बहुमत ल्याउन सक्छ भन्ने ती शक्तिहरूले बुझेका छन्, त्यसैले यस्तो गतिविधि भएका हुन्, अझै २०८४ सम्म यस्ता धेरै गतिविधि हुन्छन्’, उनले भने । चौलागाईँले पार्टीको जरा केन्द्रित अभियानले राजनीतिक र सामाजिक स्थितिको जानकारी भएको बताउँदै उनले त्यही प्रतिवेदनको आधारमा पार्टीको कामलाई अघि बढाउनु पर्नेमा जोड दिए ।

पार्टीका तलका कमिटीलाई बलियो बनाउने कुरामा ध्यान दिनु पर्नेमा उनको जोड छ । ‘मुख्य केन्द्र पालिकालाई बनाउनु पर्छ, पालिकाले सक्षम नेतृत्व खोजेको छ’, उनले भने ।

प्रकाशित मिति : २०८२, ७ भाद्र शनिबार  ९ : ४० बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको