२०८२, २१ पुस सोमबार

शिक्षा विकृति हटाउने प्रमुख माध्यम हो : मन्त्री  सिंह

शिक्षा विकृति हटाउने प्रमुख माध्यम हो : मन्त्री  सिंह


काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शिक्षा विधेयक संविधानको मर्म र भावना अनुरूप हुनुपर्नेमा जोड दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंका पूर्व जिल्ला अध्यक्ष सम्मान कार्यक्रम तथा विद्यालय शिक्षा विधेयक सम्बन्धी सचेतना सभामा बोल्दै मन्त्री सिंहले शिक्षा क्षेत्रमा आवश्यक सुधार र नीतिगत परिवर्तन अपरिहार्य भएको बताए । ‘अहिलेको समयलाई हामी सबैले राम्रोसँग बुझ्न जरुरी छ,’मन्त्री सिंहले भने, ‘संविधान सभाबाट जारी भएको संविधानको मर्मअनुसार शिक्षामा आमूल परिवर्तन आवश्यक छ । अहिलेको शिक्षा विधेयक संसदमा पास हुने चरणमा रहेको छ, यसलाई गम्भीर ढंगले लिनुपर्छ ।’

उनले शिक्षा क्षेत्रलाई समाज परिवर्तनको मूल आधारका रूपमा व्याख्या गर्दै भने, ‘शिक्षा यस्तो माध्यम हो जसले समाजमा रहेका विकृतिहरू हटाउन महत्त्वपूर्ण भूमिका खेल्दछ । यस क्षेत्रमा उचित लगानी गर्न सके समाजलाई तीव्र गतिमा अगाडि बढाउन सकिन्छ ।’ कार्यक्रममा उनले शिक्षा प्रणालीलाई समावेशी, गुणस्तरीय र समतामूलक बनाउने दिशामा सबै सरोकारवालाले योगदान दिनुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : २०८२, ७ भाद्र शनिबार  ९ : ३० बजे

भेनेजुएलाकी उपराष्ट्रपतिलाई ट्रम्पको धम्की

कराकस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी उपराष्ट्रपतिलाई लक्षित गर्दै

ओलीको जन्मघर पुनर्निर्माण अन्तिम चरणमा

तेह्रथुम । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी, तनाव कायमै

वीरगञ्ज । मुस्लिम समुदायको प्रदर्शनले सिर्जना गरेको तनावका कारण वीरगञ्जमा

एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि

सोलुखुम्बुमा दलित समुदायका लागि धार्मिक कर्मकाण्ड तालिम : गाउँपालिकाको प्रगतिशील पहल

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा दलित र पिछडिएका समुदायलाई लक्षित गर्दै