२०८३, १४ जेष्ठ शुक्रबार

माइत जाने र दक्षिणा प्राप्त गर्ने विगतको संस्कार अहिले तोडिएको छः रचना खड्का

माइत जाने र दक्षिणा प्राप्त गर्ने विगतको संस्कार अहिले तोडिएको छः रचना खड्का


सिन्धुलीः सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरिएको छ । खड्ग शान्ता खत्री ट्रष्टले महिलाहरुलाई आमन्त्रण गरेर बिगत वर्षमाझैं यस वर्ष पनि भव्य तीज कार्यक्रमको आयोजना गरेको हो ।
नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री रचना खड्काको प्रमुख आतिथ्यता एवम् ट्रष्टकी प्रमुख शान्ता खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा ७ सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै महिला नेतृ खड्काले तीज पर्व स्वतन्त्रताको पर्व भएकाले सम्पूर्ण नेपाली महिलाहरुले यसलाई अधिकार प्राप्तीको पर्वको रुपमा बनाउन थालेको बताएकी छिन् । आफ्‌नो अधिकारका लागि पार्वतीले आफूले रोजेको मान्छेसँग बिवाह गर्न पाउनुपर्छ भन्दै बिद्रोह गरेको कुरा सामान्य नभएको प्रसंग उल्लेखगर्दै उनले महिला अधिकार प्राप्ती र रक्षाका लागि यस्तो पर्वले उत्प्रेरणा प्रदान गरेको बताइन् । उनले छोरीहरुलाई दाजुभाईले बोलाएरपछि माइत जाने र दक्षिणा प्राप्त गर्ने विगतको संस्कार अहिले तोडिएको बताउँदै विगतको हाम्रो संस्कार र संस्कृति सकारात्मक परिवर्तन तर्फ अग्रसर भइरहेको उल्लेख गरिन् ।


कार्यक्रमलाई सम्वोधनगर्दै नेकपा एमालेका केन्द्रीय सदस्य गणेशकुमार पहाडीले नेपाली महिला मुक्ति आन्दोलनमा तीज जस्ता पर्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सामाजवादी राज्य व्यवस्था स्थापना भएपछि मात्रै महिला अधिकारले पूर्णता पाउने बताए ।
अर्का केन्द्रीय सदस्य कमलजंग राईले महिला आन्दोलनको एतिहासिक पृष्ठभूमि र अहिलेको अबस्थाका विषयमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा अतिथिका रुपमा वोल्दै अनेमसंघ सिन्धुलीकी अध्यक्ष शान्ता पाख्रिनले सिन्धुलीको महिला आन्दोलन र अहिलेको अबस्थाका विषयमा प्रष्ट पारेकी थिइन् । अध्यक्ष पाख्रिनले जिल्ला भरका महिलाहरु भेला गराएर तीज विशेष कार्यक्रमको आयोजना गरेकोमा एमाले नेता खत्रीलाई धन्यवाद दिएकी थिइन् ।


त्यसैगरी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ सविता कोइरालाले सिन्धुलीको माइतीका रुपमा स्थापित हुनुभएका कमलामाईका तत्कालिन नगरप्रमुख खड्ग खत्रीलाई धन्यवाद दिंदै सिन्धुलीको महिला आन्दोलनमा सबै महिला नेतृहरु एकाकार भएर अगाडि बढेको बताइन् । उनले महिलाले सम्पूर्ण अधिकार प्राप्त गर्नका लागि समाजवादी राज्यसत्ता स्थापना अनिवार्य भएको बताइन् ।


नेपाल महिला संघकी नेतृ गंगा दाहालले महिला अधिकार आन्दोलनमा तीज जस्ता कार्यक्रमले सहयोग पुर्‍याएको बताउँदै राजनैतिक पूर्वाग्रह बिना सबै आमा दिदी बहिनीहरुलाई बोलाएर माइति भएको अनूभूति दिलाउनु भएकोमा तत्कालिन नगरप्रमुख खड्ग खत्रीलाई धन्यवाद दिइन् । उनले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तर दिएर सिन्धुलीका महिलाहरुको माइती बनिरहन सुझाइन् ।
नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रस्मिला देवकोटाले महिला अधिकार रक्षाका लागि सम्पूर्ण महिलाहरु संगठित भएर अगाडि बढ्न आग्रह गरेकी थिइन् । कार्यक्रममा सिन्धुलीका ९ वटै स्थानीय तहबाट महिला नेतृहरु सहभागि रहेका थिए ।
यसैबीच आयोजक संस्था खड्ग शान्ता ट्रष्टका संरक्षक खड्ग खत्रीले कार्यक्रममा उपस्थित हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले आफ्‌नो निमन्त्रणालाई स्वीकार्दे आउनुहुने आमा दिदी र बिहिनीहरुको माइतीको अनुभूति गर्न पाएकोमा आफूलाई गर्व लागेको बताए ।

प्रकाशित मिति : २०८२, ६ भाद्र शुक्रबार  ९ : ५५ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण