२०८२, १६ चैत्र मंगलबार

वाग्मती प्रदेश पूर्ण खोप घोषणा, प्रधानमन्त्री ओलीको सपना साकार भएको छ : मन्त्री थापा

वाग्मती प्रदेश पूर्ण खोप घोषणा, प्रधानमन्त्री ओलीको सपना साकार भएको छ : मन्त्री थापा


काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानका परिकल्पनाकारका रूपमा चित्रण गर्दै प्रदेश सरकारका स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई सशक्त बनाउन खोजेका छन्।

भक्तपुरमा शुक्रबार आयोजित पूर्ण खोप घोषणा तथा डिजिटल हेल्थ प्रणाली शुभारम्भ कार्यक्रममा मन्त्री थापाले “उहाँकै नेतृत्वमा नेपाल समृद्धिको यात्रामा अघि बढिरहेको छ” भन्दै प्रधानमन्त्री ओलीलाई श्रेय दिन लागिपरे । प्रदेश पूर्णखोपयुक्त बनेको घोषणा गर्दै थापाले यस उपलब्धिमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको मेहनत प्रमुख कारण रहेको बताए पनि अन्ततः श्रेय केन्द्र सरकार र नेतृत्वलाई दिनुभएको छ। नयाँ सुरु गरिएको डिजिटल हेल्थ प्रणालीबारे थापाले दाबी गर्दै “अब मोबाइलमार्फत कुन अस्पतालमा बेड खाली छ भन्ने जानकारी लिन सकिन्छ, विशेषज्ञ चिकित्सकको सेवा दुर्गम गाउँमा पनि पुग्छ” भन्नुभयो। तर, डिजिटल पूर्वाधार अभाव र ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच सीमितताले यसको व्यवहारिकता कति सम्भव हुन्छ भन्ने प्रश्न भने अझै खुला छ ।

थापाले प्रदेश सरकारले आफ्नै औषधि कारखाना खोलेर २३ मध्ये २१ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने, आयुर्वेदलाई प्राथमिकतामा राख्ने, क्यान्सर पीडितलाई एक लाख सहयोग र पत्रकारलाई निःशुल्क स्वास्थ्य बीमा दिने जस्ता घोषणा पनि गर्नुभयो। तर यी सबै योजना कागजमा मात्र सीमित हुने हो कि भन्ने आशंका जनताको मनमा उब्जिएको छ । ‘एक पालिका–एक नमुना स्वास्थ्य संस्था’ को नारा उच्चारित भए पनि धेरै पालिकामा आधारभूत स्वास्थ्य सेवा नै अपुरो भएको कटाक्ष पनि भइरहेको छ।

सरकारका योजनामा चम्किला वाचा र श्रेय बाँड्ने होड भए पनि योजनाको कार्यान्वयन र परिणामले मात्रै वास्तविक सफलता देखाउने राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

प्रकाशित मिति : २०८२, ६ भाद्र शुक्रबार  ९ : ५५ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक