२०८३, ३१ भाद्र बिहीबार

नेकपा एमाले सोलुखुम्बुको आठौँ विस्तारित बैठक : सरकार परिवर्तन हल्ला असत्य

नेकपा एमाले सोलुखुम्बुको आठौँ विस्तारित बैठक : सरकार परिवर्तन हल्ला असत्य


काठमाडौँ । नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको आठौँ विस्तारित बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। बैठक जिल्ला कमिटी अध्यक्ष डुफ कुमार बास्तोलाको अध्यक्षता, जिल्ला इन्चार्ज किशोर अधिकारीको प्रमुख आतिथ्य र रक्षा मन्त्री मानवीर राईको विशेष उपस्थितिमा बसेको हो।

बैठकमा विधान संशोधन प्रस्ताव र अन्तरपार्टी निर्देशन १२ विषयमा बृहत छलफल हुँदै संकलित सुझावलाई लिखित रूपमा केन्द्रमा पठाउने निर्णय गरिएको सचिव कल्पना राईले जानकारी दिनुभयो ।

बैठकलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज अधिकारीले “सरकार परिवर्तन हुने कुरा केवल हल्ला मात्र भएको, पार्टी कार्यकर्ताले भ्रममा पर्न नहुने” चेतावनी दिनुभयो। उहाँले तोकिएको अवधिभित्र संशोधनका सुझाव संकलन गरी केन्द्रमा पठाउन निर्देशन पनि दिनुभयो।

विशेष अतिथि रक्षा मन्त्री राईले “देशी–विदेशी शक्तिहरूले एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीलाई कमजोर बनाउन गरेको प्रयास विफल भएको, पार्टी अझ बलियो र अडिग छ” भन्दै एमालेलाई अस्थिर बनाउन कसैले नसक्ने दाबी गर्नुभयो। साथै, पूर्व राष्ट्रपतिको भूमिकाबारे उठेका चर्चासम्बन्धी प्रसङ्गमा उहाँले “राष्ट्रपति पद देशको सर्वोच्च ओहदा भएकाले सम्मानित पदमै रहनु जरुरी” भएको प्रष्ट पार्नुभयो।

जिल्ला अध्यक्ष बास्तोलाले “पार्टीभित्र कुनै समस्या नरहेको, केन्द्रदेखि वडा तहसम्म संगठनलाई सक्रिय र मजबुत बनाउन सबै जिम्मेवार बन्नुपर्ने” चेतावनी दिनुभयो । भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय रहेको जिल्ला कमिटीले जनाएको छ।

प्रकाशित मिति : २०८२, ६ भाद्र शुक्रबार  ९ : ४५ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक