२०८३, १२ असार शनिबार

संसदका दुवै सदनको बैठक आज, भूमि र नागरिकता विधेयकमाथि छलफल

संसदका दुवै सदनको बैठक आज, भूमि र नागरिकता विधेयकमाथि छलफल


काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (शुक्रबार) बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा हुने दुवै सदनका बैठकमा विभिन्न महत्वपूर्ण विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची तय गरिएको छ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पेस गरी पारित गरिने कार्यसूची छ। त्यस्तै, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सभापति कुसुमदेवी थापाले पेस गर्नेछिन्।

साथै, कृषिमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ पेस गर्ने, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्नेछन्। खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक’ दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यक्रम छ। बैठकमा गृह, श्रम रोजगार, युवा तथा खेलकुद, र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमा पनि मन्त्रीहरूले जवाफ दिनेछन्।

त्यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो १२:१५ बजे सुरु हुने भएको छ। बैठकमा गृह, उद्योग वाणिज्य तथा आपूर्ति, र संस्कृति पर्यटन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि छलफलको प्रस्ताव पेस गर्नेछन्।

गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल गर्ने प्रस्ताव राख्नेछन्। उक्त विधेयकमाथि छलफलपछि पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

प्रकाशित मिति : २०८२, ६ भाद्र शुक्रबार  ८ : ५५ बजे

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल