२०८२, २८ कार्तिक शुक्रबार

संसदका दुवै सदनको बैठक आज, भूमि र नागरिकता विधेयकमाथि छलफल

संसदका दुवै सदनको बैठक आज, भूमि र नागरिकता विधेयकमाथि छलफल


काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (शुक्रबार) बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा हुने दुवै सदनका बैठकमा विभिन्न महत्वपूर्ण विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची तय गरिएको छ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पेस गरी पारित गरिने कार्यसूची छ। त्यस्तै, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सभापति कुसुमदेवी थापाले पेस गर्नेछिन्।

साथै, कृषिमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ पेस गर्ने, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्नेछन्। खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक’ दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यक्रम छ। बैठकमा गृह, श्रम रोजगार, युवा तथा खेलकुद, र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमा पनि मन्त्रीहरूले जवाफ दिनेछन्।

त्यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो १२:१५ बजे सुरु हुने भएको छ। बैठकमा गृह, उद्योग वाणिज्य तथा आपूर्ति, र संस्कृति पर्यटन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि छलफलको प्रस्ताव पेस गर्नेछन्।

गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल गर्ने प्रस्ताव राख्नेछन्। उक्त विधेयकमाथि छलफलपछि पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

प्रकाशित मिति : २०८२, ६ भाद्र शुक्रबार  ८ : ५५ बजे

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, आगामी निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । संघीय संसदअन्तर्गतका दुई वटा स्थायी समितिहरूको बैठक आज

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई