२०८३, १९ आश्विन मंगलबार

गोरखामा बेपत्ता व्यक्ति मृत फेला, खोजीमा संलग्न अर्का स्थानीयको पनि ज्यान गयो

गोरखामा बेपत्ता व्यक्ति मृत फेला, खोजीमा संलग्न अर्का स्थानीयको पनि ज्यान गयो


गोर्खा । गोरखामा बेपत्ता पुरुष मृत फेला, खोजीमा गएका व्यक्तिको पनि लडेर मृत्यु गोर्खा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४३ वर्षीय उनी सोही स्थान नजिकै मृत फेला परेको प्रहरीले जनाएको छ । गत सोमबार बिजुलीको बिल तिर्न तिर्न घरबाट निस्केका लामा सोही दिनदेखि सम्पर्कविहीन थिए । बिहीबार बिहान करिब ९ बजे गोरेटो बाटोबाट अन्दाजी १ सय ५० मिटर तल बुट्यानमा उनको शव फेला परेको स्थानीयको भनाइ उदृत गर्दै गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । शव फेला परेसँगै आफन्तलाई खबर गर्न जाने क्रममा लडेर स्थानीय हिसे दोर्जेको पनि मृत्यु भएको उनले जानकारी दिए । ‘लामाको खोजी कार्यमा उनी पनि संलग्न थिए,’ उनले भने, ‘शव भेटेपछि आफन्तलाई खबर गर्न जाने क्रममा भिरबाट लडेर उनको पनि घटनास्थलमै ज्यान गएछ ।’ गोरेटोबाटो भन्दा अन्दाजी एक सय मिटर तल बुट्यानमा उनको शव फेला परेको डीएसपी सुवेदीले जानकारी दिए । उनका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेको छ । थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षक सरोज कार्कीको टोली घटनास्थलतर्फ खटिएको उनले बताए । घटनास्थल पुग्न गोरखा सदरमुकामबाट करिब दुई दिन लाग्छ ।

प्रकाशित मिति : २०८२, ५ भाद्र बिहीबार  ५ : ३१ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि