२०८२, २४ भाद्र मंगलबार

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच पेसाकर्मी सेवासम्बन्धी सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच पेसाकर्मी सेवासम्बन्धी सम्झौता


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच निवृत्तिभरण खाता, तलबी बचत खाता, र पेसाकर्मी सरल कर्जा सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल टेलिकमको प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा सो सम्झौतापत्रमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सविना मास्के प्रधान र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार, राष्ट्रिय वाणिज्य बैंकले नेपाल टेलिकमका सेवानिवृत्त कर्मचारीहरूका लागि पेन्सन खाता सञ्चालन गर्नेछ, भने कार्यरत कर्मचारीहरूका लागि तलबी बचत खाता, पेसाकर्मी सरल कर्जा, र अन्य बैंकिङ सेवाहरू उपलब्ध गराउनेछ ।

सेवा विस्तार र प्रविधिमैत्री बैंकिङमा जोड

राष्ट्रिय वाणिज्य बैंकका अनुसार, बैंकले देशभरका ७७ वटै जिल्लामा फैलिएका ३१० शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ। सन् १९६६ वि.सं. २०२२ माघ १० मा स्थापना भएको यो बैंकले वित्तीय समावेशीकरण, दिगो बैंकिङ सेवा, र प्रविधिमा आधारित सेवा विस्तारलाई आफ्नो प्राथमिकता बनाएको बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए । यो सम्झौतासँगै नेपाल टेलिकमका कर्मचारी र पेन्सनभोगीहरूलाई थप सहज, दिगो र विश्वासिला बैंकिङ सेवा प्राप्त हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, ५ भाद्र बिहीबार  ४ : ३४ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा