२०८२, २१ पुस सोमबार

असहमतिकै भीडमा शिक्षा विधेयक पारित, सत्ता साझेदार माओवादीकै विरोध

असहमतिकै भीडमा शिक्षा विधेयक पारित, सत्ता साझेदार माओवादीकै विरोध


काठमाडौं । विद्यालय शिक्षा विधेयक लामो बहसपछि अन्ततः समितिबाट पारित त भयो, तर सत्ता गठबन्धनकै माओवादी केन्द्रले असहमति जनाउनु गम्भीर संकेत बनेको छ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बहुमतका आधारमा विधेयक पारित गरेको छ। तर, माओवादी केन्द्रका सांसदहरू देवेन्द्र पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत र महिन्द्रराय यादवले विधेयकको मौलिक संरचनामाथि नै प्रश्न उठाउँदै फरक मत राखेका छन् । त्यसैगरी, रास्वपाकी सुमना श्रेष्ठ र राप्रपाकी बिना जैसवालले पनि विधेयकलाई जनउत्तरदायी नभएको भन्दै असहमतिपत्र दर्ता गराएका छन् ।

नौ महिना लामो छलफलपछि आएको नतिजा सहमतिको होइन, बलको प्रयोगमार्फत पारित विधेयक भएको आरोप विपक्ष मात्र होइन, सत्तारूढ दलकै नेताबाट पनि आएको छ । छात्रवृत्तिको विषयमा भने सिमित सहमति जुटेको छ – प्रस्तावित २.५% छात्रवृत्ति ३% मा बढाइए पनि समग्र विधेयक शिक्षा सुधारभन्दा बढी राजनीतिक स्वार्थमा केन्द्रीत देखिएको आलोचना चुलिएको छ।

अब विधेयक प्रतिनिधिसभाको पूर्ण बैठकमा प्रवेश गर्नेछ, तर त्यसअघि नै यसको वैधता र औचित्यमाथि गम्भीर प्रश्न उठ्न थालिसकेको छ ।

प्रकाशित मिति : २०८२, ५ भाद्र बिहीबार  ४ : ११ बजे

भेनेजुएलाकी उपराष्ट्रपतिलाई ट्रम्पको धम्की

कराकस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी उपराष्ट्रपतिलाई लक्षित गर्दै

ओलीको जन्मघर पुनर्निर्माण अन्तिम चरणमा

तेह्रथुम । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी, तनाव कायमै

वीरगञ्ज । मुस्लिम समुदायको प्रदर्शनले सिर्जना गरेको तनावका कारण वीरगञ्जमा

एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि

सोलुखुम्बुमा दलित समुदायका लागि धार्मिक कर्मकाण्ड तालिम : गाउँपालिकाको प्रगतिशील पहल

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा दलित र पिछडिएका समुदायलाई लक्षित गर्दै