२०८२, ४ भाद्र बिहीबार

महिला पत्रकारका लागि प्रविधि तालिम तथा तीज शुभकामना कार्यक्रम सम्पन्न

महिला पत्रकारका लागि प्रविधि तालिम तथा तीज शुभकामना कार्यक्रम सम्पन्न


तानसेन । प्रेस चौतारी नेपाल, पाल्पाको आयोजनामा सञ्चार क्षेत्रमा सक्रिय महिला पत्रकारहरूका लागि एकदिने प्रशिक्षण कार्यक्रम तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

“पत्रकारितामा आधुनिक प्रविधिको प्रयोग” विषयक प्रशिक्षणमा डिजिटल सुरक्षा, मोबाइल पत्रकारिता र प्रविधिको व्यावसायिक उपयोग जस्ता महत्वपूर्ण विषयमा गहिरो जानकारी प्रदान गरिएको थियो । प्रशिक्षण नेपाल पत्रकार महासंघका पूर्व सभापति राजेशकुमार अर्यालले दिनुभएको थियो ।

कार्यक्रममा पाल्पा जिल्लाका सञ्चार क्षेत्रमा सक्रिय विभिन्न संघ–संगठनमा आवद्ध महिला पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । तालिमपश्चात हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान र दर खाने सांस्कृतिक जमघट समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्कीले महिला पत्रकारहरूको योगदानलाई सम्मान गर्दै यस्ता कार्यक्रमले उनीहरूलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज मिलन विश्वकर्माले महिला पत्रकारहरूलाई समाजमा व्याप्त विकृति–विसङ्गतिहरू विरुद्ध कलमको शक्ति प्रयोग गर्न आग्रह गर्नुभयो ।

महिला पत्रकारहरूको सीप अभिवृद्धि, आत्मबल सुदृढीकरण र आपसी सम्मानको भावना सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सफल रूपमा सम्पन्न भएकोमा आयोजक संस्थाले सबैप्रति आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८२, ४ भाद्र बिहीबार  ३ : ४६ बजे

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् : परराष्ट्र मन्त्रालय

काठमाडौँ, भदौ ५ – नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी

गोरखामा बेपत्ता व्यक्ति मृत फेला, खोजीमा संलग्न अर्का स्थानीयको पनि ज्यान गयो

गोर्खा । गोरखामा बेपत्ता पुरुष मृत फेला, खोजीमा गएका व्यक्तिको

प्राथमिकतामा परेका योजनाहरू प्रविधिमार्फत सहज र प्रभावकारी हुने : मन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राथमिकतामा

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच पेसाकर्मी सेवासम्बन्धी सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दरसञ्चार कम्पनी

असहमतिकै भीडमा शिक्षा विधेयक पारित, सत्ता साझेदार माओवादीकै विरोध

काठमाडौं । विद्यालय शिक्षा विधेयक लामो बहसपछि अन्ततः समितिबाट पारित