२०८२, २६ फाल्गुन बुधबार

महिला पत्रकारका लागि प्रविधि तालिम तथा तीज शुभकामना कार्यक्रम सम्पन्न

महिला पत्रकारका लागि प्रविधि तालिम तथा तीज शुभकामना कार्यक्रम सम्पन्न


तानसेन । प्रेस चौतारी नेपाल, पाल्पाको आयोजनामा सञ्चार क्षेत्रमा सक्रिय महिला पत्रकारहरूका लागि एकदिने प्रशिक्षण कार्यक्रम तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

“पत्रकारितामा आधुनिक प्रविधिको प्रयोग” विषयक प्रशिक्षणमा डिजिटल सुरक्षा, मोबाइल पत्रकारिता र प्रविधिको व्यावसायिक उपयोग जस्ता महत्वपूर्ण विषयमा गहिरो जानकारी प्रदान गरिएको थियो । प्रशिक्षण नेपाल पत्रकार महासंघका पूर्व सभापति राजेशकुमार अर्यालले दिनुभएको थियो ।

कार्यक्रममा पाल्पा जिल्लाका सञ्चार क्षेत्रमा सक्रिय विभिन्न संघ–संगठनमा आवद्ध महिला पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । तालिमपश्चात हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान र दर खाने सांस्कृतिक जमघट समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्कीले महिला पत्रकारहरूको योगदानलाई सम्मान गर्दै यस्ता कार्यक्रमले उनीहरूलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज मिलन विश्वकर्माले महिला पत्रकारहरूलाई समाजमा व्याप्त विकृति–विसङ्गतिहरू विरुद्ध कलमको शक्ति प्रयोग गर्न आग्रह गर्नुभयो ।

महिला पत्रकारहरूको सीप अभिवृद्धि, आत्मबल सुदृढीकरण र आपसी सम्मानको भावना सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सफल रूपमा सम्पन्न भएकोमा आयोजक संस्थाले सबैप्रति आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८२, ५ भाद्र बिहीबार  ३ : ४६ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा