२०८३, १६ असार बुधबार

तीजलाई एकता र सशक्तीकरणको पर्वका रूपमा मनाउनुपर्छ : सचिव अर्याल

तीजलाई एकता र सशक्तीकरणको पर्वका रूपमा मनाउनुपर्छ : सचिव अर्याल


काठमाडौँ । नेकपा (एमाले) का सचिव पद्यम अर्यालले तीज पर्वलाई महिला एकता, सशक्तीकरण र मौलिक संस्कृति संरक्षणको माध्यमका रूपमा मनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रेस चौतारी नेपालद्वारा आयोजित ‘तीज मिलन’ कार्यक्रममा बोल्दै उहाँले तीजको ऐतिहासिक महत्वलाई सम्झँदै नयाँ पुस्ताले यसको मूल्य र मौलिकता जोगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

“हाम्रो पुस्ताले तीजलाई सामाजिक विभेदको पर्खाल भत्काउने अस्त्र बनायौं,” पूर्वमन्त्रीसमेत रहनुभएकी सचिव अर्यालले भन्नुभयो, “अबको पुस्ताले यसलाई महिला सशक्तीकरण र संस्कृतिको संरक्षण गर्ने पर्वका रूपमा अघि बढाउनुपर्छ ।”

उहाँका अनुसार तीज केवल गीत, नाच र रमाइलोको पर्व मात्र नभएर महिलाहरूले माइतीमा आएर आफ्ना पीडा, भावनाहरू पोख्ने संवेदनशील अवसर हो। यसले तीजलाई आँशु, खुशी र इतिहासको पर्व बनाएको बताउँदै उहाँले महिलाहरूका आवाज बुलन्द बनाउन यस्ता संस्कृतिक पर्वको महत्व बढिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपा (एमाले)का प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तीजलाई दिदीबहिनीबीचको आत्मीयता साटासाट गर्ने पर्वका रूपमा लिँदै यसको प्रयोग लैङ्गिक समानताको सन्देश फैलाउन गरिनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले तीजजस्ता पर्वहरू व्यवसायिक पत्रकारितामा सक्रिय महिलाहरूबीच आत्मीयता र संवाद बढाउने अवसर भएको बताउँदै, यस्ता कार्यक्रमले महिला सञ्चारकर्मीहरूलाई अझ ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले वर्षभर व्यस्त रहने महिला पत्रकारहरूका लागि आपसी भेटघाट र भलाकुसारीको अवसर प्रदान गर्ने उद्देश्यले तीज मिलन कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा पत्रकार बबिता बस्नेतले तीज पर्वलाई महिला पत्रकारका मुद्दा उठाउने प्लेटफर्मका रूपमा समेत उपयोग गर्न सकिने धारणा राख्दै, पर्वलाई खुशी, उत्साह र समानताको सन्देशका साथ मनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको समापनमा तीजसम्बन्धी सांस्कृतिक प्रस्तुति गरिएको थियो, जसले उपस्थित सहभागीहरूलाई थप उत्साहित बनाएको थियो ।

प्रकाशित मिति : २०८२, ४ भाद्र बुधबार  ९ : ४४ बजे

रेबिजबाट मृत्यु भएपछि काठमाडौंमा बढ्यो त्रास

काठमाडौं। टेकुस्थित अस्पतालमा रेबिजका कारण ४८ वर्षीय एक पुरुषको मृत्यु

फरेन्सिक क्षेत्रमा ‘कामचलाउ’ जनशक्ति स्वीकार्य छैन : मन्त्री महावीर पुन

काठमाडौं । महावीर पुन ले फरेन्सिक विज्ञानजस्तो संवेदनशील क्षेत्रमा ‘कामचलाउ’

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा

स्वर्णिम यात्राको उत्सव : नाडाले कोर्यो भविष्यको मार्गचित्र

– पावेल शाह शनिबार बिहान राजधानीका सडकमा एउटा असामान्य दृश्य