२०८२, १२ कार्तिक मंगलबार

गौर हत्याकाण्ड र उपनिर्वाचनबारे छलफल गर्न संघीय मोर्चाको आकस्मिक बैठ

गौर हत्याकाण्ड र उपनिर्वाचनबारे छलफल गर्न संघीय मोर्चाको आकस्मिक बैठ


काठमाडौं । गौर हत्याकाण्डमा सर्वोच्च अदालतले अनुसन्धान गर्न परमादेश जारी गरेपछि त्यसको राजनीतिक असर चुलिँदै गएको छ। यसै सन्दर्भमा संघीय लोकतान्त्रिक मोर्चाले आज आकस्मिक बैठक बोलाएको छ ।

जनता प्रगतिशील पार्टी नेपालको थापागाउँस्थित केन्द्रीय कार्यालयमा आज बेलुका ५ बजे बस्ने बैठकमा गौर हत्याकाण्ड, रुपन्देही ३ को उपनिर्वाचन, र अन्य समसामयिक विषयमा गहन छलफल हुने मोर्चाका नेता केशव झाले जानकारी दिएका छन्।

२०६४ सालको चर्चित गौर हत्याकाण्डमा अदालतले पुनः छानबिन गर्न अनुमति दिएपछि मधेश केन्द्रित दलहरूमा व्यापक तरंग उत्पन्न भएको छ। यस घटनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मुख्य योजनाकारको रूपमा लिइँदै आएको छ, जसले मोर्चाभित्रको आन्तरिक राजनीति झनै संवेदनशील बनाएको छ ।

यसैबीच, रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचन मोर्चाका लागि अर्को चुनौती बनेको छ। प्रारम्भमा मोर्चाले नवगठित नयाँ विकल्प पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे पनि आन्तरिक विवादका कारण नाउपा नै निर्वाचनमा भाग लिन अयोग्य बनिसकेको छ। यस्तो अवस्थामा मोर्चाले रेशम चौधरीद्वारा समर्थन प्राप्त स्वतन्त्र उम्मेदवारलाई सघाउने कि भन्ने विषयमा समेत आजको बैठकमा निर्णय लिने तयारी भएको छ ।

यता, प्रतिनिधिसभाको उपसभामुख हटाउने विषयमा कांग्रेस र एमाले सक्रिय देखिएका छन्। संसदमा दुई तिहाइ बहुमत पु¥याउन संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरूको समर्थन निर्णायक हुने भएकोले उक्त विषय पनि आजको बैठकको कार्यसूचीमा रहेको बताइएको छ ।

प्रकाशित मिति : २०८२, ४ भाद्र बुधबार  ११ : ५५ बजे

विप्लवले प्रस्ताव गरे दलको नाम : कम्युनिस्ट पार्टी नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुस्ताङ । गएरातिदेखि उपल्लो मुस्ताङका विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने

काठमाडौं । बंगालको खाडीमा सक्रिय भएको चक्रवात ‘मोन्था’ आज (मंगलबार)

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिपूर्वक सम्पन्न गरिएको छठ