२०८२, २६ माघ सोमबार

महिला र किशोरीबाट डिम्ब निष्कासन नगर्न सर्वोच्चको आदेश

महिला र किशोरीबाट डिम्ब निष्कासन नगर्न सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले किशोरी र महिलाबाट डिम्ब निष्कासन र भण्डारण नगर्न आदेश दिएको छ। अधिवक्ता अंकिता त्रिपाठीलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सरकारलाई यस्तो आदेश दिएको हो।

बबरमहलस्थित होप फर्टिलिटी एन्ड डायग्नोसिस प्रालिले अवैध रूपमा डिम्ब निकालेर बिक्री गरेको विषय सार्वजनिक भएपछि रिट दायर गरिएको थियो। अदालतले डिम्ब निष्कासनको काम तत्काल रोक्न, नियमन तथा निगरानी प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ।

रिटमा १८ वर्षमुनिका किशोरीबाट डिम्ब निष्कासनमा पूर्ण प्रतिबन्ध लगाउन र प्रजनन शोषणलाई मानव बेचबिखनको रूपमा कानुनी मान्यता दिन माग गरिएको छ।

प्रकाशित मिति : २०८२, ३ भाद्र मंगलबार  ६ : ०५ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय