२०८३, १२ कार्तिक बिहीबार

महिला समूहले मनाए तिज कार्यक्रम

महिला समूहले मनाए तिज कार्यक्रम


सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर बजार टोल विकास संस्थाका महिलाहरुले तिजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् । आउँदै गरेको नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको समूहकी सचिव रेजिना श्रेष्ठले जानकारी दिइन् ।
कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष अध्यक्ष दुर्गा श्रेष्ठ, स्वागत मन्तब्य सबिना बस्नेत र सञ्चालन सचिव रेजिना श्रेष्ठले गरेकी थिइन् । कार्यक्रममा समूहमा आवद्ध ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।


कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधनगर्दै उपप्रमुख देवकोटाले आगामी दिनमा समूहका तर्फबाट रचनात्मक कामहरु अगाडि बढाउन सुझाब दिंदै आफ्‌नो तर्फबाट समूहलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन् । उनले समूहले महिला अधिकार र पिडित महिलाहरुको सवाललाई पनि उठान गर्न र आफ्‌नो टोल समूहमा सरसफाई अभियान पनि सञ्चालन गर्न सुझाएकी थिइन् । उनले आगामी दिनमा कमलामाई नगरपालिकाको तर्फबाट पनि समूहलाई सहयोग गर्ने बचन दिएकी थिइन ।

कार्यक्रममा हाँडी फुटाउने खेलमा प्रथम हुने शोभा श्रेष्ठ र राम्रो नृत्य प्रस्तुत गर्ने ३ जना महिलाहरु दीक्षा थापा,कञ्चन फुयाँल र चुनु लामिछानेलाई प्रमुख अतिथी देवकोटाले नगद पुरस्कार प्रदान गरेकी थिइन । कार्यक्रमकी प्रमुख अतिथी देवकोटा म्यूजिकल चेयर प्रतियोगितामा प्रथम बनेकी थिइन् । सो कार्यक्रमको एसएलआर फिल्म हाउसले निःशुल्क रुपमा भिडियो शुट गरिदिएको थियो भने नेवा ल्याम दबुबाट ५ हजार आर्थिक सहयोग र न्यूजेके डेक्सटपले व्यानर सहयोग गरेको थियो । शुभकामना आदान प्रदान कार्यक्रमसँगै उपस्थित महिलाहरुले दर खाएर महिला अधिकार एवम् सामाजिक परिर्वतन पक्षधर मनोरञ्जनात्मक गित तथा नृत्यहरु प्रस्तुत गरेको सचिव श्रेष्ठले जानकारी दिएकी थिइन् ।

प्रकाशित मिति : २०८२, ३ भाद्र मंगलबार  ९ : २१ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली