२०८२, २ कार्तिक शनिबार

भारतका ७० प्रतिशत सामानमा अमेरिकी ५० प्रतिशत करको प्रभाव

भारतका ७० प्रतिशत सामानमा अमेरिकी ५० प्रतिशत करको प्रभाव


काठमाडौं । भारतबाट अमेरिकामा निर्यात हुने लगभग ७० प्रतिशत सामानहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ५० प्रतिशत करले असर पारेको छ। इन्डियन काउन्सील फर रिसर्च अन इन्टरनेशनल इकोनोमिक रिलेसन (ICRIER) को प्रतिवेदनअनुसार, भारतबाट अमेरिकी बजारमा वार्षिक ६०.८५ अर्ब डलर बराबरको सामान निर्यात हुने गरेको छ, जुन भारतको कुल निर्यातको ७.३८ प्रतिशत भाग हो।

प्रतिवेदनले कपडा, रत्न/आभूषण, अटो पार्ट्स र कृषि उत्पादनजस्ता श्रम–गहन तथा उच्च-मूल्य क्षेत्रहरूमा यस करले ठूलो प्रभाव पार्ने बताएको छ। यी क्षेत्रहरूले मात्र व्यापार बढाउँदैनन्, हजारौं रोजगारी र किसानहरूको जीविकोपार्जनमा समेत सिधा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ।

कपडा र पोशाक क्षेत्रले बंगलादेश, पाकिस्तान र भियतनाम जस्ता प्रतिस्पर्धीहरू भन्दा ३० प्रतिशत बढी भन्सार शुल्कको सामना गरिरहेको छ भने, रत्न र गहनाको निर्यातले टर्की र थाइल्याण्डजस्ता आपूर्तिकर्तासँग प्रतिस्पर्धामा चुनौती भोगिरहेको छ। कृषिमा झिंगे माछाको निर्यात सबैभन्दा बढी प्रभावित हुने देखिएको छ।

सुरुमा ट्रम्पले २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए भने पछि यो ५० प्रतिशत पुर्‍याइएको हो। नयाँ कर व्यवस्थाले औषधि, ऊर्जा, खनिज र अर्धचालकलाई समावेश नगरेको छ। हाल भारत र अमेरिका बीच द्विपक्षीय व्यापार सम्झौताको लागि वार्ता जारी छ, जसमा कृषि र दुग्ध क्षेत्र खोल्ने विषयमा मतभेद रहेको छ।

यस करले भारतको अमेरिकी निर्यातमा नकारात्मक असर पार्ने र व्यापार घाटा घटाउने ट्रम्पको उद्देश्यसँग जोडिएको बताइएको छ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ४ : ३९ बजे

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन मंसिर २७

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी