२०८३, १४ कार्तिक शनिबार

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा राष्ट्रपति पौडेलले भारतले सामाजिक, आर्थिक तथा प्राविधिक क्षेत्रमा देखाएको प्रगतिबाट नेपालले लाभ पाएको र अझ बढी लाभान्वित हुन चाहेको बताएका छन् । उनले दुई देशबीचको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने नेपाल सरकारको प्रतिबद्धता व्यक्त गर्दै भारतको ‘छिमेक पहिलो नीति’लाई पनि स्वागत गरेका छन् ।

भारतीय विदेश सचिव मिश्रीले पनि प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी नीतिअनुसार नेपाललाई विशेष प्राथमिकतामा राखिएको र दुवै देशबीच कनेक्टिभिटी र सहयोग बढाउन आफ्नो भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । यस भेटघाटले नेपाल–भारतबीचको पारंपरिक मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ४ : ३५ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा