२०८२, २ फाल्गुन शनिबार

प्रहरी प्रशासनको संरक्षणवादः पत्रकार कुट्ने वकिलहरू अझै उन्मुक्त, प्रधानमन्त्री ओलीको निर्देशनको अवज्ञा

प्रहरी प्रशासनको संरक्षणवादः पत्रकार कुट्ने वकिलहरू अझै उन्मुक्त, प्रधानमन्त्री ओलीको निर्देशनको अवज्ञा

धनुषा जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरुको प्रदर्शन


जनकपुर । लोकतन्त्रको चौथो अंग मानिने पत्रकारितामाथि खुलेआम आक्रमण हुँदा समेत प्रहरी प्रशासन तमासे बनेर बस्नु निन्दनीय मात्र होइन, खतरनाक संकेत हो । साउन २७ गते जनकपुरमा वकिलहरूको समूहमार्फत ६ जना पत्रकारमाथि भएको सामूहिक आक्रमणको घटनामा अहिलेसम्म एक जना दोषीसमेत पक्राउ नपर्नु प्रहरी प्रशासनको गम्भीर लापरबाही हो ।

प्रमुख प्रत्यक्षदर्शी, भिडियो प्रमाण, घाइतेको मेडिकल रिपोर्ट र जाहेरीको बाबजुद पनि मधेश प्रदेश प्रहरी प्रमुखदेखि जिल्ला प्रहरी कार्यालय धनुषासम्म सबै तहका सुरक्षा निकायहरू निर्लज्ज मौनता साँधेर बसेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ जनकपुरमै बसेर दोषीमाथि तुरुन्त कारबाही गर्न निर्देशन दिँदासमेत प्रहरी प्रशासनले उल्टै दोषीहरूलाई संरक्षण दिएको प्रमाणित भएको छ।

प्रश्न उठ्छ – प्रहरी आखिर कुन शक्तिको दबाबमा चुप बसिरहेको छर ?

घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइए पनि अहिलेसम्म कसैमाथि कारबाही नभएको भन्दै दबाब सृजना गर्न आज जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले जानकारी दिए । उनले दोषीमाथि कारवाही नभए देशैभरका पत्रकार आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए ।

यस घटनामा वकिलहरू जस्तो संवैधानिक पेशामा आवद्ध व्यक्तिहरूले शारीरिक आक्रमण गरे पनि प्रहरी प्रशासनले उनीहरूलाई पेशा र प्रतिष्ठाको नाममा विशेष संरक्षण दिइरहेको देखिन्छ। यस्तो प्रवृत्तिले प्रहरीप्रति जनताको भरोसा समाप्त पार्नेछ। आज पत्रकार महासंघसहित दर्जनौं सञ्चारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि उभिएर नारा लगाउँदै सोधेका छन् –

प्रेस स्वतन्त्रता कायम गर !

दोषीलाई कारबाही गर !

कालो कोटे मुर्दाबाद !

पत्रकार कुट्न पाइँदैन !


प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  २ : ०२ बजे

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न