२०८२, २ फाल्गुन शनिबार

ढिलासुस्ती भ्रष्टाचारभन्दा ठूलो समस्या हो : एमाले महासचिव पोखरेल

ढिलासुस्ती भ्रष्टाचारभन्दा ठूलो समस्या हो : एमाले महासचिव पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचारभन्दा पनि प्रशासनिक ढिलासुस्ती नै ठूलो समस्या भएको बताएका छन्। ढिलासुस्तीले भ्रष्टाचारलाई मलजल दिने काम गरेको भन्दै उनले समयमै काम नगर्ने प्रवृत्तिले राज्यलाई ठूलो क्षति पु‍र्‍याएको बताएका हुन् ।

शुक्रबार काठमाडौंको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको अर्थ तथा योजना विभाग र उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले, “भ्रष्टाचार त समस्या हो तर त्योभन्दा ठुलो समस्या ढिलासुस्ती हो,” भने। उनले मेलम्ची खानेपानी आयोजना ढिलासुस्तीको ज्वलन्त उदाहरण भएको उल्लेख गरे । उनले पूर्वसचिव भीम उपाध्यायलाई आलोचना गर्दै, “मेलम्ची आयोजना ढिलाइ गराउने पात्र अहिले सुशासनको प्रवक्ता बन्नु विडम्बनापूर्ण छ,” भने।

महासचिव पोखरेलले समाजमा ‘काम नगर्ने इमान्दार हो’ भन्ने सोच गलत भएको स्पष्ट पारे। “जसले काम गर्दैन, उसलाई इमान्दार मान्ने भ्रमबाट समाज मुक्त हुनुपर्छ,” पोखरेलले भने, “काम नगर्नु इमान्दार हुनु हो भन्ने भाष्य अब तोडिनुपर्छ।” उनले नारायणगढ–बुटवल सडक आयोजनाको समेत उदाहरण दिँदै ढिलासुस्तीका कारण उक्त सडक दुईपटक वातावरणीय प्रभाव मूल्यांकन (EIA) गर्नुपरेको बताए। ठेकेदारले काम छाड्नुपर्ने अवस्था समेत आएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कूटनीतिक प्रयासले निर्माणमा निरन्तरता आएको उनको दाबी छ ।

पोखरेलले प्रशासनिक ढिलासुस्तीका कारण राजनीतिक संयन्त्रले दोष खेप्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै, यस्तो प्रवृत्तिले व्यवस्था र प्रणालीप्रति जनताको विश्वास घटाउने बताए । उनले भने, “सबै कागजपत्र पुगेका कामको निर्णय सात दिनभित्र भइसक्नुपर्छ। निर्णयमा ढिलाइ गर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।”

कार्यक्रममा एमालेका उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी, संसदको लेखा समिति अध्यक्ष ऋषिकेश पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  १० : ४८ बजे

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न