२०८३, २० आश्विन बुधबार

पाँचखालमा आसफाल्ट प्लान्ट स्थापना विरुद्ध स्थानीयको चर्को विरोध

पाँचखालमा आसफाल्ट प्लान्ट स्थापना विरुद्ध स्थानीयको चर्को विरोध

जबरजस्ती गरे क्षतिको जिम्मेवारी कम्पनीले लिनुपर्नेछ


पाँचखाल । पाँचखाल नगरपालिका–८ मा ऐतिहासिक र धार्मिक महत्व बोकेको सुवर्णेश्वरी महादेव मन्दिर परिसर नजिक आसफाल्ट प्लान्ट स्थापना गर्ने तयारीप्रति स्थानीय बासिन्दाले चर्को विरोध गरेका छन् ।

बन्दन भगवती निर्माण सेवा प्रालिले विगत केही महिनादेखि उद्योग सञ्चालनको तयारी गरिरहेको भए पनि स्थानीयले यसले स्वास्थ्य, वातावरण र धार्मिक सम्पदामा गम्भीर असर पार्ने भन्दै विरोध गरेका हुन् ।

यस क्षेत्रमा बसोबास गर्ने ६७ बगाले थापा घरपरिवारका बासिन्दाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त उद्योग वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै सञ्चालन गर्न खोजिनु कानुन विपरीत मात्र नभई यहाँको धार्मिक र सांस्कृतिक धरोहरका लागि ठूलो खतरा हो।” स्थानीयले कुनै पनि हालतमा यस क्षेत्रमा आसफाल्ट प्लान्ट स्थापना हुन नदिने चेतावनी दिएका छन् । विज्ञप्तिमा उल्लेख छ, “यदि जबरजस्ती प्लान्ट राख्ने प्रयास गरिएमा त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी कम्पनी र सम्बन्धित निकायले लिनुपर्नेछ।”

धार्मिक, पर्यावरणीय र सामाजिक कारण देखाउँदै स्थानीय बासिन्दाले आफ्नो स्वास्थ्य, वातावरण र भविष्यको सुरक्षाका लागि एकजुट भई आन्दोलन गर्न तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  ११ : २३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको