२०८२, २२ मंसिर सोमबार

विराटनगरमा पहिलो पटक प्रेस चौतारी महानगर समिति गठन, निशान्त ढुंगाना अध्यक्षमा चयन

विराटनगरमा पहिलो पटक प्रेस चौतारी महानगर समिति गठन, निशान्त ढुंगाना अध्यक्षमा चयन


विराटनगर । प्रेस चौतारी नेपालको इतिहासमा पहिलो पटक विराटनगर महानगर समिति गठन गरिएको छ । शुक्रबार सम्पन्न भेलाले निशान्त ढुंगानालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।

सात सदस्यीय नवगठित समितिको उपाध्यक्षमा रश्मी थापा, सचिवमा रोशन पोखरेल, कोषाध्यक्षमा सम्झना दाहाल र सदस्यहरूमा अन्य पदाधिकारी समावेश छन् । अध्यक्षमा निर्वाचित भएका ढुंगानालाई चौतारीका पदाधिकारी तथा सदस्यहरूले बधाई दिँदै उहाँको नेतृत्वमा समितिले उदाहरणीय कार्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रेस चौतारीका सदस्य श्यासुन्दर सुतिहारका छोरा श्रेया शर्माले यस वर्षको एसईईमा ४.० जीपीए ल्याउन सफल भएकोमा विशेष बधाई प्रदान गरिएको थियो । भेलामा प्रेस चौतारी केन्द्रीय सचिव विक्रम लुईटेल, प्रदेश अध्यक्ष सुमन पुरी, नेकपा (एमाले) जिल्ला उपसचिव तथा प्रेस चौतारी इञ्चार्ज सन्तोष वान्तवा, नेकपा (एमाले) महानगर सचिव विज्ञान चापाँगाई, पत्रकार महासंघ जिल्ला सचिव नेत्र पी अधिकारीसहित केन्द्र, प्रदेश तथा जिल्ला तहका पदाधिकारी र पत्रकारहरूको उपस्थिती थियो। आयोजकहरूले व्यस्त समयकाबीच पनि कार्यक्रममा सहभागी भई सहयोग र साथ दिएकोमा सबैप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  १० : ४८ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला