२०८२, २५ चैत्र बिहीबार

विराटनगरमा पहिलो पटक प्रेस चौतारी महानगर समिति गठन, निशान्त ढुंगाना अध्यक्षमा चयन

विराटनगरमा पहिलो पटक प्रेस चौतारी महानगर समिति गठन, निशान्त ढुंगाना अध्यक्षमा चयन


विराटनगर । प्रेस चौतारी नेपालको इतिहासमा पहिलो पटक विराटनगर महानगर समिति गठन गरिएको छ । शुक्रबार सम्पन्न भेलाले निशान्त ढुंगानालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।

सात सदस्यीय नवगठित समितिको उपाध्यक्षमा रश्मी थापा, सचिवमा रोशन पोखरेल, कोषाध्यक्षमा सम्झना दाहाल र सदस्यहरूमा अन्य पदाधिकारी समावेश छन् । अध्यक्षमा निर्वाचित भएका ढुंगानालाई चौतारीका पदाधिकारी तथा सदस्यहरूले बधाई दिँदै उहाँको नेतृत्वमा समितिले उदाहरणीय कार्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रेस चौतारीका सदस्य श्यासुन्दर सुतिहारका छोरा श्रेया शर्माले यस वर्षको एसईईमा ४.० जीपीए ल्याउन सफल भएकोमा विशेष बधाई प्रदान गरिएको थियो । भेलामा प्रेस चौतारी केन्द्रीय सचिव विक्रम लुईटेल, प्रदेश अध्यक्ष सुमन पुरी, नेकपा (एमाले) जिल्ला उपसचिव तथा प्रेस चौतारी इञ्चार्ज सन्तोष वान्तवा, नेकपा (एमाले) महानगर सचिव विज्ञान चापाँगाई, पत्रकार महासंघ जिल्ला सचिव नेत्र पी अधिकारीसहित केन्द्र, प्रदेश तथा जिल्ला तहका पदाधिकारी र पत्रकारहरूको उपस्थिती थियो। आयोजकहरूले व्यस्त समयकाबीच पनि कार्यक्रममा सहभागी भई सहयोग र साथ दिएकोमा सबैप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  १० : ४८ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि