२०८३, १८ भाद्र शुक्रबार

डिएभीले जित्यो पहिलो आरआरए रनिङ सिल्ड क्रिकेट उपाधि

डिएभीले जित्यो पहिलो आरआरए रनिङ सिल्ड क्रिकेट उपाधि


काठमाडौं । डिएभी स्कुलले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि जित्दै शानदार प्रदर्शन गरेको छ । सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा बिहीबार सम्पन्न फाइनलमा डिएभीले एलआरआईलाई ५१ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ८४ रनको चुनौतीपूर्ण योगफल खडा ग¥यो । टोलीका स्टार खेलाडी प्रसिद्ध जैसीले १३ बलमा ३७ रनको आतिशी पारी खेले भने फरहान अन्सारीले ६ बलमा ११ रन जोडे। एलआरआईका कप्तान अभी थपलियाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट झारे ।

८५ रनको लक्ष्य पछ्याएको एलआरआई मात्र ९.४ ओभरमै अलआउट हुँदै ३३ रनमै समेटियो। विपक्षीका बलर प्रसिद्ध जैसीले ३ विकेट तथा कमल शाहीले २ विकेट लिँदै डिएभीको जित सुनिश्चित गरे । एलआरआईतर्फ कप्तान अभीले ६ रन बनाए । विजेता डिएभीले ३० हजार रुपैयाँको नगद पुरस्कार हात पार्यो भने उपविजेता एलआरआईले १५ हजार रुपैयाँ प्राप्त ग¥यो। प्रतियोगितामा चम्किएका प्रसिद्ध जैसी ‘प्लेयर अफ द टुर्नामेन्ट’सहित उत्कृष्ट ब्याट्सम्यानको अवार्ड जित्न सफल भए ।

उनले प्रतियोगिता भरि १३५ रन बनाए र ८ विकेट लिँदै सर्वाधिक प्रभावशाली प्रदर्शन गरे । उत्कृष्ट बलरको उपाधि भने एलआरआईका कप्तान अभी थपलियाले पाए । विजयी खेलाडीलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानालगायतले पुरस्कार वितरण गरेका थिए । चार दिनसम्म चलेको प्रतियोगितामा आयोजकको दुई टोलीसहित १५ टोलिले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  १२ : २२ बजे

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन