काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी कारबाही पर्याप्त नहुने भन्दै चरित्र, आचरण र सोचमा सुधार ल्याउने मोडल (आदर्श) शिक्षाको आवश्यकता औंल्याएका छन् ।
शुक्रबार ‘डिजिटल नेपाल कन्क्लेभ संवाद’ उद्घाटन समारोहमा उनले मानिसको भित्रैबाट “म गलत गर्दिन” भन्ने सोच विकास नगरी भ्रष्टाचार अन्त्य गर्न कठिन हुने बताए । ओलीका अनुसार कानुन र यसको कार्यान्वयन महत्त्वपूर्ण भए पनि यसको प्रभाव सीमित हुन्छ, त्यसैले शिक्षा प्रणालीमा नैतिक मूल्य र आदर्श शिक्षाको समावेश गर्न आवश्यक छ।
कार्यक्रममा उनले डिजिटल नेपाल अभियान सफल बनाउन पारदर्शिता, उत्तरदायित्व र नागरिक सचेतनालाई मुख्य आधारका रूपमा उल्लेख गरे।
प्रतिक्रिया